AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा पूँजीगत तर्फ ८४ प्रतिशत प्रगति हासिल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ श्रावण २०७९, आईतवार १८:३१
144
Shares
विराटनगर /मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालय अन्तर्गत ५५ अर्ब १२ करोड ९७ लाख छ हजार ८८१ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । कार्यालयको अनुसार यो खर्च पूँजीगत प्रगति तर्फ ८४ दशमलव ८३ प्रतिशत हो ।

सो अवधिमा ६४ अर्ब ९८ करोड ५१ लाख छ हजार ५८३ बराबर रकम विनियोजन भएको कार्यालयका सूचना अधिकारी तनुजा पोखरेलले जानकारी दिए ।यसैगरी, सोही अबधिमा चालुतर्फ ३६ अर्ब नौ करोड ७५ लाख २८ हजार विनियोजित भएकोमा ३४ अर्ब ९८ करोड ४४ लाख ३७ हजार खर्च गरी ९६ दशमलव शून्य नौ प्रतिशत प्रगति हासिल भएको अधिकारी पोखरेलले बताउनुभयो ।
यसैगरी जिल्ला भरिमा राजस्व तर्फ कार्यालयले ५२ अर्ब ४१ करोड ६४ लाख दुई हजार सङ्कलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर