AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विश्वस्तरीय शिक्षण सिकाईकालागि एभरेष्ट पहिलो रोजाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ श्रावण २०७९, बुधबार १९:४४
576
Shares
विराटनगर / प्रविधि, सीप र संस्कारलाई एकसाथ व्यवहारत लागु गर्दै अध्ययापन गराउँदै आएको विराटनगर– ५ स्थित एभरेष्ट कलेज विद्यार्थी तथा अभिभावकको पहिलो रोजाई बन्दै आएको छ ।

एभरेष्ट एजुकेशन फाउण्डसेन मातहतमा सञ्चालित एभरेष्ट स्कुल मात्र नभएर कलेजपनि पहिलो रोजाई बन्न थालेको हो । तीन विघा क्षेत्रफलमा अत्याधुनिक संरचनाले भरिपूर्ण एभरेष्ट कलेज शान्त तथा पर्यावरणीय हिसावले पनि अब्बल देखिन्छ । मुख्य प्रवेशद्धारबाट भित्र छिर्ने बित्तिकै देखिने हरियाली तथा फुलबारी, परिसर भित्र रहेका फुटबल, भलिबल मैदान, बास्केटबल कोर्ट, कबर्डहल तथा अन्तर्राष्ट्रियस्तरको स्वीमिङपुलले नव आगन्तुक विद्यार्थी तथा अभिभावकलाई उसैगरि लोभ्याउने गरेको छ ।

विद्यार्थीका रुचिअनुसारका जुनसुकै खेलकुदका गतिविधिमा सहभागि हुने वातावरण मात्र नभई नियमित प्रशिक्षकबाट प्रशिक्षणको व्यवस्था मिलाएको एभरेष्ट कलेजले शिक्षण सिकाईमा पनि नविन प्रयोगहरु गर्दै आएको छ । व्यवहारिक तथा प्रयोगात्मक रुपमा अध्यापन गराउनुपर्छ भन्ने मान्यता राख्ने कलेज प्रमुख टिकाराम पुरीले प्रविधिको यस युगमा विश्वस्तरीय जनशक्ति उत्पादन गर्न प्रविधिको अधिकतम प्रयोग गर्ने वातावरण बनाइएको बताए ।

वातानुकुलित हरेक कक्षा कोठामा प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाई गरिन्छ । यस्तै हरेक विषयवस्तुको अनिवार्य प्रयोगात्मक सिकाईलाई विशेष प्राथमिकता दिने गरेको छ । २०७२ सालबाट शुरु भएको यस कलेजले विज्ञान र व्यवस्थापन संकायको अध्ययापन गराउँदै आएको थियो । यस वर्षदेखि भने कानुन र होटल मेनेजमेन्टको समेत अध्ययापन गराउने भएको छ । कलेजको प्रारम्भमा नै व्यवस्थापनसंकाय तर्फ पहिलो ब्याचका रुपमा सुनिधि केसी नेपाल प्रथम भएकी थिइन भने सोहि वर्ष विज्ञान संकाय तर्फ अनिश भण्डारी प्रदेश उत्कृष्ट भए।

दोस्रो ब्याचमा पनि यसै कलेजका आगात पोखरेल प्रदेश प्रथम भएर कलेजको उत्कृष्ट शिक्षण सिकाईलाई पुष्टि गरे । लगत्तै २०७५ सालमा देशभरकै संस्थागत विद्यालयबाट उत्कृष्ट दोस्रो हुँदै नेपाल सरकारबाट पुरस्कृत भएको एभरेष्ट कलेजलाई राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा मन्त्रालयले प्रदान गर्ने पुरस्कार तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गरे। ‘राज्यबाट नै नगद २ लाख, राष्ट्रिय ध्वँजा, शिल्ड र प्रमाणपत्रले सम्मानित भएपछि यसको गरिमा कायम राख्न हामीले कुनै कन्जुस्याईं राखेनौं’, पुरीले भने ,‘हामीले परम्परागत शिक्षण सिकाईलाई विस्थापित गर्दै नविनतम प्रयोगहरुलाई आत्मसाथ गर्दै अघि बढेका छौं ।’ अहिले एभरेष्टका सयौं विद्यार्थी, डाक्टर, इन्जिनियर, कानुनलगातयका जुन क्षेत्रमा प्रवेश गरेपनि अब्बल भएको सुन्न पाउँदा अत्यन्तै खुसी लाग्ने उनले बताए।

अत्याधुनिक विषयत ल्यावहरु, लाइब्रेरी र क्षमता अभिवृद्दिका लागि समय समयमा दिइने प्रोत्साहनमुलक कक्षा तथा विद्यार्थी आफैले आयोजना गर्ने सेमिनारका कारण पनि विद्यार्थीलाई हौसाउने गरेको छ । अझ विभिन्न देशका ‘गेष्ट लेक्चर’ ले दिने कक्षाका कारण अन्तर्राष्ट्रिय शिक्षा बुझ्न समेत सघाउ पुग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर