पूर्वाञ्चल खबर
जहदा गाउँपालिका ४ का वडाअध्यक्ष शिव शंकर गामीले सोही ठाउँका ४० वर्षिय स्थानिय गुरुचरण महतोलाई निर्घात कुटपिट पीडितको भनाई छ ।
वडाअध्यक्ष गामीले कुदाउने को १ ब १५८४ नम्बरको पल्सर मोटसाइकल दुरूपयोग गरि वडाअध्यक्षका भतिज राहुल गामीले विदाको दिन कुदाएको भिडियो खिचेर स्थानिय महतोले गत शनिबार सामाजिक सञ्जालमा हालेका थिए ।
वडाअध्यक्षको मोटसाइकल दुरूपयोग गरेको भन्दै सामाजिक संजालमा हालेको केही बेरमा भाइरल भएर वडाअध्यक्ष गामीको आलोचना भएपछि उनले कुटपिट गरेको महतोले बताए । ‘शनिबार विदाको दिन वडाअध्यक्षको भतिजाले विराटनगर सरकारी मोटसाइकल लिएर आउँदै गर्दा कटहरी बजारमा मैले भिडियो खिचेको थियो । उक्त भिडियो धिरज ठाकुरले सामाजिक संजालमा हालेको रहेछ । त्यसको केही बेरमा भाइल पनि भयो,’ पीडित महतोले भने, ‘त्यसपछि वडाअध्यक्षसहितको ९र१० जनाको समूहले जहदाको रामचौकमा रहेको पेट्रोल पम्पमा आएर मलाई निर्घात कुटपिट गरेका छन् । अपशब्द बोल्दै मलाई वडाअध्यक्षसहित आएकाले लाती, मुक्का प्रहार गरिरे ।’
कुटपिटबाट हात, टाउँको र शरिरको विभिन्न भागमा चोटपटक लागेको उनले बताए । ‘अहिले पनि वडाअध्यक्षसहितका समूहरूले ज्यान मार्ने धम्की दिने गरेका छन्,’ महतोले भने, ‘मेरो ज्यानको सुरक्षाको लागि स्थानिय प्रशासनलाई पनि जानकारी गराएको छु ।’
सरकारी गाडीको दुरूपयोग गरेको घटना उजार गर्दा आफुमाथि कुटपिट गर्ने वडाअध्यक्षसहित प्रहरीमा उजुरी पनि दिएको उनले बताए । ‘प्रहरीमा पनि उजुरी दिएको छु,’ उनले भने, ‘तर अहिलेसम्म कुनै कारबाहीको प्रक्रिया अगाडी बढाएको छैन । ’
यता वडाअध्यक्ष गामीले आफुलाई बदनाम गराउने उद्देश्यले केही समूह लागि परेको बताए । सामान्य भानभन मात्र भएकोले आफुले कसैलाइ पनि कुटपिट नगरेको वडाअध्यक्ष गामीको भनाई छ । ‘चुनावमा हारेको रिस फेर्न केही समूह लागि परेका छन्,’ वडाअध्यक्ष गामीले भने ।