पूर्वाञ्चल खबर

विद्यार्थीहरूले सिकेको सीपलाई अहिले व्यवहारमा उतारेका हुन,’ कलेजका निर्देशक भेषराज पोखरेलले भने, ‘उनीहरूले कलेजमा सिकेको सीपलाई खानामा परिवर्तन गरेका हुन् । विद्यार्थीले बनाएको परिकार भोलीका दिन प्राक्टिल फिल्डमा जाँदा पयर्टकलाई प्रभावित बनाउन सक्नेछन् ।’
होटल म्यानेजमेन्ट भनेको खना पकाउन सिकाउने मात्र नभएर यो प्राविधिक विषय भएको कलेजका प्रमुख भरत सापकोटाले बताए । ‘पर्यटकलाई आतिथ्य सत्कार गर्ने, खुवाउने, बसोबासको बन्दोबस्त मिलाउन सिकाइने शिक्षा हो । पर्यटकलाई मुस्कानसहित सत्कार गरेर रमाइलो वातवरणमा बिदाई गर्नेसम्म सिकाउने शिक्षा होटल म्यानेजमेन्ट हो,’ उनले भने, ‘नपढेकाले पनि होटल चलाउन सक्छन् । तर जसले पढेर होटल क्षेत्रमा काम गर्छ उसले दिने सेवामा धेरै फरक हुन्छ । गुणस्तरीय खाना बनाउने क्षमता पनि पढेकासँग हुन्छ ।
त्यसैले होटल र हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा होटल म्यानेजमेन्ट हो । यसलाई आतिथ्य सत्कार शिक्षा पनि भनिन्छ ।’
ब्याचलर अफ होटल म्यानेजमेन्ट स्नातक तहको चार वर्षे कोर्ष हो । जसमा ८ वटा सेमेस्टर हुन्छ । हिमालय दर्जन कलेजमा अन्य विभिन्न कोर्षहरूको पनि पढाइने हुने गरेको छ ।