AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सहकारीमा खाताबन्दी तथा कर ब्यवस्थापन बिषयक तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० असार २०७९, शुक्रबार २०:००
1.12k
Shares
विराटनगर / जिल्ला सहकारी संघ लि मोरङको आयोजना तथा राष्ट्रीय सहकारी बैंकको प्राबिधिक सहयोगमा सहकारीमा खाताबन्दी तथा कर ब्यवस्थापनू बिषयक १ दिवसीय तालिम आज सम्पन्न भएको छ।

तालिम सहजकर्ता रुपमा सूर्यप्रसाद रिमाल तथा लेखापरिक्षक लक्ष्मी सापकोटा ले गरेका थिए। तालिमको शुरु संघका सचिव राकेश दाहाले गरे भने तालिमको समापन संघका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यता भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष पोखरेलले तालिमको उपलब्धीहरुमा प्रकाश पार्दै तालिम फलदायी हुने कुरामा बिश्वास लिए । हाल सहकारी अभियानमा देखापरेका समसामयिक बिषयमा प्रकाश पार्दै सरकारले बजेट मार्फत सहकारीमा भएको करको दर बृद्धी प्रती खेद प्रकटगर्दै महासंघले सरकार समक्ष कुरा राखी समस्या समाधान गर्न प्रयासगर्ने जानकारी गराउदै पोखरेलले जिल्ला सहकारी संघले आफ्नै तालिम हलमा तालिम संचालन गरेकोमा खुशी ब्यक्त गरे।

संघले आगामी दिनमा तालिम ,गोष्ठी ,सेमिनारमा निरन्तरता दिन समेत निर्देशन दिए। अध्यक्ष डिल्ली पोखरेलले तालिमले सुखद प्रतिफल दिने बिश्वास गर्दै महासंघको सल्लाह सुझाव सदैव ग्रहणिय हुने बताए । तालिम संचालनको प्रमुख भुमिकामा रहेका संघका सचिव राकेश दाहाललगायत सम्पुर्ण कर्मचारीलाई धन्यबाद दिए । तालिममा २७ वटा संस्थाका ३३ जना सहभागी भएका छन् ।

तालिममा सहभागी हरुको तर्फबाट बोल्दै जनमंत्री बचत तथा ऋण सहकारी संस्था की अध्यक्ष सिता लामिछाने र राष्ट्र सेवक कर्मचारी बहुमुखी सहकारी संस्थाका नारायण आचार्यले छोटो समयको भए पनि तालिम उपलब्धि मूलक र पर्भाभकारी रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर