विराटनगर २० फागुन / विराटनगरमा पहिलो पटक अल नेपाल ओपन स्नुकर टुर्नामेन्ट सुरु भएको छ ।
विराटनगर १५ जनपथमा रहेको डिग्नीटी स्नुकर एण्ड पुल कर्नरको आयोजनमा आज देखि सुरु भएको हो । एक हप्तासम्म जारी रहने स्नुकर खेलका लागि नेपाल र भारतका चर्चित खेलाडीहरुको सहभागिता रहेका छन् ।
उक्त खेलमा नेपाल र भारत गरी ६५ जना खेलाडीको सहभागीता रहेको छ । स्नुकर खेलमा प्रथम हुने खेलाडिलाई नगद ८१ हजार दोस्रो हुने लाई ४१ हजार, तृतिय हुने लाई २१ हजार पुरस्कार पाउने छ भने हाईस्ट ब्रेक गर्ने खेलाडीलाई १५ हजार पुस्कार प्रदान गरिने भएको छ ।
विराटनगरलाई पनि स्नुकर खेललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचीत गराउने उदश्यले यस किसीमको खेल आयोजना गरिएको खेल संयोजक संजीव तामाङले जानकारी दिए । स्नुकर खेलको फाईनल आगामी २८ गते सम्पन्न हुने आयोजनकले जनाएको छ । उद्घाटन खेलमा आज १० वटा टिमले सहभागी जनाएको छ ।