रबिन्द्र बराल
रंगेली,१९ फागुन सरकारले पछिल्लो मधेश आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडको घटना बारे छानविनका लागी गठित उच्चस्तरीय जाचबुज आयोगको टोलीले आज विहिबार रंगेलीमा सरोकारवालाहरु संग घटना बारे बुझेको छ ।
युवा संघ नेपालले तराई मधेश जागरण अभियान अन्तरगत रंगेलीमा जनसभाको कार्यक्रम आयोजना गर्ने क्रममा आन्दोलनरत मधेशी मोर्चा र प्रहरी बिच झडपको क्रममा रंगेली र डाईनियामा तिन जनाको ज्यान गएको थियो ।
टोलीले सोही घटनाको विषयमा छुट्टा छुट्टै रुपमा आन्दोलनरत मधेशी मोर्चाका स्थानिय नेता, घाईते, मृतकका आफन्त तथा परिवार, पिडीत र स्थानिय एमालेका नेताहरु संग समेत कुराकानी गरेको छ । जाँचबुज आयोगका अध्यक्ष गिरिशचन्द्र लालको नेतृत्वको टोलीले घटना स्थालको समेत स्थलगत निरिक्षण गरेको थियो ।
घटनाबारे सहि सत्य तथ्य र विषलेशष गरी सुझाव सरकारलाई बुझाउने बताए । उनले घटना बारे यथार्थ प्रतिवेदन सरकारलाई बुझाउने मात्र काम कर्तव्य रहेको जानकारी गराए ।