AArya
RUMPUM
animated ellipse animated ellipse

मेयर हारेपनि विराटनगरमा एमाले बलियो हुँदा मेयरमा विजयी भए पनि वडामा कांग्रेस कम्जोर र जसपालाई क्षति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ जेष्ठ २०७९, शनिबार १४:१७
8.59k
Shares
विराटनगर /विराटनगर महानगरपालिकाका उपमेरसहित ९ वडामा जित निकाल्दै एमाले बलियो हुँदा कांग्रेसले मेयरमा वियजी भएपनि विगतको पकड रहेको वडाहरु गुमेको छ ।

परिणामअनुसार महानगरका १९ वटा वडामध्ये सबैभन्दा बढी एमालेका भागमा ९ वटा परेको छ । एमालेले १, २, ३, ४, ८, १०, ११, १४ र १९ नम्बर वडामा वडाध्यक्ष पाएको छ । यसअघि एमालले विराटनगरमा ३ वडामा मात्र जितेको थियो । कांग्रेसले अहिले ६ वटा वडामा मात्र वडाध्यक्ष चुनिएका छन । तिनमा वडा नम्बर ५, ६, ७, ९, १५ र १६ छन् ।

महानगरको वडा नम्बर १२ र १७ मा जसपा, १३ मा राप्रपा र १८ मा स्वतन्त्रका वडाध्यक्षले जितेका छन् । विराटनगर महानगरमा १ लाख ३३ हजार १४२ मतदाता छन् । जसमा ८९ हजार ७८९ जनाले मतदान गरेका थिए ।
जनता समाजवादी पार्टी र माओवादी केन्द्रले भने विगतको साख बचाउन सकेन । अघिल्लो स्थानिय तहको निर्वाचनमा जसपाले विराटनगर १३, १४, १५ जितेको वडा अहिले एमाले, काँग्रेस र राप्रपाले जितेको छ । अघिल्लो पटक माओवादीले जितेको विराटनगर ६ यसपटक गुमेको छ । यस वडामा कांग्रेसले हात पारेको छ । अघिल्लो स्थानिय तमा ८ वडा जितेको कांग्रेस यसपटक ६ वडामा सिमित भएको छ ।

अघिल्लो स्थानिय तहको चुनावमा भन्दा एमालेले संख्या थप्दा कांग्रेसलाई विगतको साख जोगाउन मुस्किल प¥यो । माओवादीलाई महानगरमा खाता खोल्नै गाह्रो परेको छ ।

महानगरका केही वडामा आधार क्षेत्र रहेको वडामा पनि कांग्रेस कमजोर सावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर