पूर्वाञ्चल खबर
झापाको विर्तामोडमा आज भएको तेस्रो साधारणसभाबाट ढकाल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । संघको जिल्ला नगरतर्फको उपाध्यक्षमा भीमबहादुर पौडेल र एसोशिएटतर्फको उपाध्यक्ष विराटनगरका उद्योगी तथा समाजसेवी राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् ।
राउत नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन् । संघको केही दिनअगाडि सम्पन्न भएको अधिवेशनले राउत निर्विरोध निर्वाचित भएका थिए । पौडेल इटहरी उद्योग वाणिज्य संंघको अध्यक्ष हुन् । संघको कोषाध्यक्षमा रमेश राठी निर्वाचित भएका छन् ।
यस्तै जिल्ला नगर सदस्यमा युवराज शाक्य, कुमार भट्टराई, भुपालराज कटुवाल, वीरेन्द्रकुमार साह, प्रितम खड्गी निर्विरोध भएका छन् । यस्तै एसोसिएट सदस्यहरुमा सुवास आचार्य र राजन श्रेष्ठ, वस्तुगत सदस्यमा रविनकुमार दाहाल, श्रवणकुमार अग्रवाल निर्विरोध भएका छन् ।
यस अघि ११ पुसमा निर्वाचन हुने मिति तोकिएको थियो । साधारणसभा रोक्न माग गर्दै गर्ग प्रिन्टर्सको तर्फबाट दायर भएको रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले पुस १० गते निषेधाज्ञायुक्त परमादेश जारी गरेको थियो । पुस १४ गते उच्च अदालत विराटनगरले अन्तरिम आदेश खारेज गरेपछि आज साधारणसभा भएको थियो ।
यसअघि अध्यक्षमा विराटनगरका उद्योगी तथा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे पनि ले उम्मेदवारी घोषणा गरेका थिए । अन्तिम समयमा आएर उनले उम्मेदवारी नदिएपछि संघमा निर्विरोध पदाधिकारीहरू चयन भएको हो ।