खबर पूर्वाञ्चल
पछिल्लो मत परिणाम अनुसार १७ हजार ३९४ मतगणना भईसक्दा काँग्रेसबाट मेयर पदका उम्मेदवार नागेश कोईरालाले १५५८ मत र एमालेकी उपमेयर उम्मेदवार शिल्पा कार्कीले १३८६ मत सहित अग्रता स्थानमा सुरक्षित रहेका छन् । । कोईरालाले ५५३२ मत ल्याउँदा एमालेका सागरकुमार थापाले ३९७४ मत सहित दोस्रो स्थानमा रहेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले १७५६ मत र राप्रपाका प्रह्लाद साहले १०१४ मत प्राप्त गरेका छन् ।
यस्तै, उपमेयर एमालेकी कार्कीले ४५६३ मत ल्याउँदा यादवले ३१७७ मत ल्याए । राप्रपाकी उम्मेदवार बिन्दाकुमारी लुँईटेल आचार्यले १२२२ मत तथा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ९५८ मत प्राप्त गरेकी छिन् ।
प्रारम्भिक चरणमा वडा नं १, २, १६, १७, १८ र १९ गरि ६ वडाको मतगणना थालिएको थियो । प्राप्त नतिजा अनुसार विराटनगरमा हालसम्म १६, १७,१८ र १९ को मतगणना सम्पन्न भईसकेको छ । जसअनुसार १६ मा नेपाली काँग्रेसका उद्ववकुमार भुजेल, १७ मा जनता समाजवादी पार्टीका समिम कमर, १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह र १९ मा एमालेका श्याम घिमिरे निर्वाचित भईसकेका छन ।