AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा मेयरमा कांग्रेसका नागेशलाई अग्रता, उपमेयरमा नमिताको ६७ मत मात्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ बैशाख २०७९, शनिबार १६:३३
2.19k
Shares
विराटनगर/ विराटनगर महानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।

विराटनगरमा पछिल्लो १५८६ मतको परिणाम आउँदा नेपाली कांग्रेसको मेयरका उम्मेदवार नागेश कोईरालाले ५२९ मत प्राप्त गरी अग्र स्थान हाँसिल गरेका हुन् । नेकपा एमालेका सागरकुमार थापाले ४०१ र स्वतन्त्र उम्मेदवार उमेश यादवले १०६ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा भने नेकपा एमालेकाी शिल्पा निराला कार्कीले करिव दोब्बर मतको अग्रता दिएकी छिन् । कार्कीले ४५० मत ल्याउँदा जसपाका अमरेन्द्र यादवले २४५ मत ल्याए । यता माओवादीका कार्यकर्ताको साथमा विद्रोह गरि उपमेयमा उम्मेदवार दिएकी नमिता न्यौपाने ६८ मत ल्याइन ।
मतगणना अहिले १,२,१६,१७,१८ र १९ नम्बर वडामा गणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर