पूर्वाञ्चल खबर
एमालेले निर्विरोध र निर्वाचित गरीे ५ स्थानीय तहको प्रमुख जितेको छ भने नेपाली काँग्रेसले ३ स्थानीय तहमा प्रमुख जितेको छ । त्यस्तै नेकपा एसले २ स्थानीय तह र माओवादी केन्द्रले १ स्थानीय तह जिेको छ ।
एमालेले जितेका पालिका प्रमुखमा मुस्ताङका २, मनाङका २ र डोल्पाका एक रहेका छन् । मुस्ताङको लो–घकर दामोदरकुण्ड गाउँपालिका र वारागुङ मुक्ति क्षेत्र तथा मनाङका मनाङ डिस्याङ र चामे गाउपालिका रहेका छन् । त्यसैगरी डोल्पाको शेफोक्सुण्डो गाउँपालिकामा पनि एमालेले जितेको छ ।
त्यसैगरी काँग्रेसले मनाङको नार्साे र नार्पाभुमि तथा मुस्ताङको घरपझोङ गाउँपालिका रहेका छन् । नेकपा एकीकृत समाजवादी डोल्पाको काइके र छार्पा गाउँपालिकामा निर्विरोध भएको छ । त्यसैगरी माओवादी केन्द्रले डोल्पाको जगदुल्लाको अध्यक्ष पदमा विजयी भएको छ ।