AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर डुवान मुक्त बनाउछु : कोईराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ बैशाख २०७९, आईतवार १६:१२
342
Shares
विराटनगर / नेपाली कांग्रेस विराटनगरका मेयरका उम्मेदवार नागेश कोईरालाले विराटनगरलाई डुवान मुक्त बनाउने बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर १६ ले आज रानीमा आयोजना गरेको चुनाव प्रचार–प्रसार कार्यक्रममा उम्मेदवार कोईरालाले डुवानको समस्याले आजित भएका स्थानीयबासीलाई विराटनगर डुवान मुक्त बनाउने बताएका हुन् ।

त्यसैगरी बन्द र विस्थापीत भएका उद्योगहरुको शाख पूर्व अवस्थामै र्फकाउन केन्द्रीय र प्रदेश सरकारलाई दावव दिने बताए ।

उनले भने ,उद्योगहरु बन्द भएपछी हजुरहरुलाई समस्या भो बन्द भएका उद्योगहरु सुचारु गराउन प्रदेश र संघिय सरकारसंग पहल गर्ने छु ।

कार्यक्रममा बोल्दै कांंग्रेस विराटनगर १६ का अध्यक्षका उम्मेदवार उद्धव भुजेलले आफुले चुनाव जिते आर्थिक अवस्था कम्जोर भएका स्थानीयलाई वडा कार्यलयले निशुल्क स्वास्थ्य बिमा गरिदिने बताए ।

उनले स्थानीय स्तरको शैक्षिक अवस्थालाई सुधार गर्दै शिक्षाको पहुचमा पुग्न नसकेका विभिन्न विद्यार्थीहरुलाई विशेष व्यवस्था गरेर शिक्षाको पहुच सम्म पुर्याउने बताएका छन । कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ता र स्थानीयहरुको सहभागिता थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर