AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरः युवामैत्री एमालेको प्रतिवद्धतापत्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०७९, बिहीबार १६:३४
306
Shares
विराटनगर / स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विराटनगर महानगरमा नेकपा एमालेले सार्वजनिक घोषणापत्र युवामैत्री देखिएको छ ।

प्रतिवद्धतापत्रको ५६ देखि ५९ नम्बर बुँदामा युवा र रोजगारी शिर्षकमा किशोर किशोरी र युवाहरुको सर्वाङ्गिण विकास गर्ने उद्देश्यका साथ महानगरीय युवा विकास सञ्जाल निर्माण गर्ने र विभिन्न कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

एमालेको प्रतिवद्धतापत्रले युवाहरुलाई बिशेष स्थान दिएको विराटनगर–६ का युवा युगल खतिवडाले बताए महत्वकांक्षी सम्भव हुने बिषयहरुलाई प्राथमिकता दिएको प्रतिबद्धतापत्रमा युवालाई स्वरोजगार बन्ने, रोजगारीमा प्रवेश गर्नका लागि विभिन्न क्षेत्रको निःशुल्क प्रशिक्षणको व्यवस्था गर्ने व्यवसाय गर्दा करमा छुट दिनेजस्ता बिषय अत्यन्त सकारात्मक भएको खतिवडाको भनाई छ । प्रतिवद्धता पत्रमा महानगरस्तरीय रोजगार प्रवद्र्धन समिति गठन गरि एक घर एक रोजगारीको कार्यक्रम ल्याउने उल्लेख छ । यस्तै त्यसका लागि लोकसेवा आयोग, शिक्षा आयोग, बैंकिङ सेवा, प्रहरी र नेपाली सेनालगायतमा सेवा प्रवेशका लागि आवश्यक निशुल्क प्रशिक्षण तथा तयारी कक्षाहरु सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

यस्तै महिला तथा युवाले एकल वा साझेदारीमा व्यवसाय सञ्चालन गरेमा करमा छुट दिने उल्लेख गरेको एमालेले बैदेशिक रोजगारीमा गएका युवालाई लक्षित गर्दै बिशेष व्यवसायीक कार्यक्रम ल्याई उत्पादनमा लगानी गर्न प्रोत्साहन गर्ने उल्लेख गरेको छ । यस्तै महिला उद्यमशिलतको विकासका लागि बिशेष तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने उल्लेख गरेको छ । यस्तै बुँदा नं. ७१ मा युवा बैज्ञानिकहरुलाई अध्ययन अनुसन्धानमा आकर्षित गर्न विशेृष कार्यक्रम ल्याउने प्रतिबद्धता पत्रमा छ । यस्तै अनौपचारीक क्षेत्रमा रहेका श्रमिकहरु (धोबी, मोची, हजाम, बैंण्डबाजा बजाउने, घरेलु कामदार, ठेला चालक) आदीलाई सूचिकृत गर्ने र सीमप प्रवद्र्धन र व्यवसाय रक्षाका लागि जीवन बीमासहितको बिशेष कार्यक्रम ल्याउने एमालेले जनाएको छ । यदि यो प्रतिबद्धता पूरा भए यस क्षेत्रमा कृयाशिल धेरै युवाहरु पनि लाभान्वित हुने विश्वास विराटनगर–८ का शंकर रायले बताए।

यस्तै प्रतिबद्धतापत्रमा किशोर किशोरी, युवा, महिला, दलित, पिछडा वर्गको उत्थानका लागि बिशेष कार्यक्रम ल्याउने देखि युवा दुव्र्यसनी तथा उनीहरुको मानसिक स्वास्थ्यमा परेको नकरात्मक असर अन्त्य गर्न युवामैत्री मनोसामाजिक विमर्श सेवा प्रदान गर्न पुनस्र्थापना केन्द्रको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । यसैगरि युवामैत्री पार्कदेखि इन्टरनेटको सहजपहुँच र ई लाईब्रेरी जस्ता कुरालाई प्रतिबद्धतापत्रमा समेटिनुले एमालेको प्रतिबद्धतापत्र युवामैत्री देखिएको विराटनगरका युवा सागर दाहालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर