पूर्वाञ्चल खबर
मेयर पदका उम्मेदवार नागेश कोइरालासहित वडाका अन्य विभिन्न पदका उम्मेदवारसहित घरदैलो अभियानलाई गति दिइएको हो ।

घरदैलो कार्यक्रमका क्रममा मेयर पदका प्रत्यासी कोइरालाले अब कांग्रेसको नेतृत्वमा बन्ने स्थानीय सरकारले जनचाहना अनुरुप विकास निर्माणलाई अघि बढाउने बताए । उनले भने,“विराटनगरको विकासमा विगतदेखि नै कांग्रेसको योगदान रहि आएको छ । अब फेरि नयाँ परिस्थिति र समय सुहाउँदो महानगरको निर्माण नै हाम्रो अभियानहो ।” कोइरालाको आफू जनअपेक्षा अनुरुप नै काम गर्न उमेदवार बनेको स्पष्ट गरे ।
कांग्रेसका केन्द्रीय नेता महेश आचार्यले विराटनगरले युवा उम्मेदवारलाई अघि सारेको बताउँदै अब देश र स्थानीयतहको विकास कांग्रेस नेतृत्वको सरकारबाट मात्र संभव हुने बताए ।