AArya
RUMPUM
animated ellipse animated ellipse

प्रभाष र मिना ‘सुपर मोडल र मिस ग्लोबल’को बिजेता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०७३, मंगलवार १७:२५
3
Shares
रिवन इन्टरटेमेन्ट प्रालि र स्टार इन्टरटेमेन्ट प्रालिले एकसाथ राजधानीमा ‘सुपर मोडल कन्टेष्ट सेसन २’ र ‘मिस ग्लोबल इन्टरनेशनल नेपाल २०१७’ आयोजना गरेको छ । काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा सोमबार सम्पन्न सुपर मोडल कन्टेष्ट २०१७ मा गौरव प्रभाषले उपाधि जिते भने मनोज थापा फष्ट रनरअपका साथमा मिष्टर फोटोजेनिक र मष्ट डिसिप्लेन्ड तथा अतित लामा सेकेण्ड रनरअपका साथमा मिष्टर क्याटवक र वेष्ट फिटनेस भए ।
यसैगरि, स्टार वन इन्टरटेमेन्टद्धारा आयोजित सुपर ग्लोब इन्टरनेशनल नेपालमा मीना बासकोटाले उपाधि जितिन् । यो प्रतियोगितामा रविना खरबुजा फष्ट रनरअपका साथमा मिस क्याटवक र मिस फोटोजेनिक, सञ्जु न्यौपाने सेकेण्ड रनरअपका साथमा फेशन आइकन अवार्ड र फेसबुक च्वाईस र बबि श्रेष्ठ थर्ड रनरअपको ताज जित्न सफल भइन् ।
कोरियोग्राफ अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा सम्पन्न प्रतियोगितामा नायिका पूजना स्त्री, कलाकार मनोज आरसी, शिक्षक सुदन डोटेल, मिसेस नेपाल इन्टरनेशनल २०१५ सविता लामिछाने तथा सञ्चारकर्मीद्धय सरोज प्याकुरेल र सुर्यचन्द निर्णायकको रुपमा थिए । कार्यक्रममा मनिष अधिकारी र रिया श्रेष्ठले आफ्ना प्रस्तुति दिएका थिए । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर