AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट ट्रेड एक्स्पोमा विशेष आकर्षण रहयो अरवियन खाजा सावरमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ चैत्र २०७८, सोमबार १४:१६
999
Shares
विराटनगर / विराटनगरमा आइतबार सम्पन्न भएको विराट ट्रेड एक्स्पोमा कुखुराको मासुबाट बनेको अरवियन परिकारमा उपभोक्ताको विशेष आकर्षण देखिएको थियो ।

विराटनगर–६ कृषि भवन पछाडी शुक्रपथका पर्शुराम गिरीले राखेका स्टलको चिकेन रोलमा उपभोक्ताको अत्याधिक आकर्षण देखिएको थियो । विदेशतिर चिकेन सावरमा भनेर चिनिने चिकन रोलमा उपभोक्ताले धेरै रुचि गिरीले बताए ।

गिरीका अनुसार विदेशको स्वाद मैले एक्स्पोमा दिएको छु । नयाँ स्वादको को अरवियन खाजा रहेकोले उपभोक्ताको अत्यधिक रोजाइमा परेको बताए । गिरीले विराटनगर–६ शुक्रपथ सेन्चुरी मल पछाडी आफ्नै भवनमा विगत दुई वर्षदेखि पारिजात नाम गरेको होटेलमा अरवियन खाजा सावरमाको खाजाको पारिखिलाई स्वाद इिरहेका छन् ।

गिरीले दुवईको अमेरिकन नेमि क्याममा १२ बर्ष काम गरेर आफ्नै देशमा केही गरु भन्ने सोचमा दुई वर्षदेखि अरवियन खाजा घर खौल्दै सेवा दिएका छन् । उनले खोल्दा अरवियन खाजा घर मोफसलमै पहिलो रहेको बताए । हडि नभएको कुखुराको मासुलाई छानेर बनाउँने सावरमाका साथै काउली चनाबाट बनेको हमुस, काउली चनाबाटै बनेको फिलाफिललगायत अरवियन खाजाको परिकार उनको होटेलमा बन्ने बताए ।

विराटनगर लगायत अन्य ठाउँबाट आएका खाजाका पारखीहरु एक्सपोमा यो नौलो स्वादमा रमाएकोे उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर