AArya
RUMPUM
animated ellipse animated ellipse

फिलिपिन्सका राष्ट्रपतिले ल्याउँदैछन् ९ वर्षसम्मका बालबालिकालाई जेल हाल्ने कानून

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०७३, मंगलवार १७:०१
3
Shares
 काठमाडौं,१७ फागुन/आफ्नै छोरा लागूऔषधमा संलग्न भएको खण्डमा उसलाई मारिदिने अभिव्यक्ति दिएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले ९ वर्षसम्मका बालबालिकामाथि निशाना सोझ्याएका छन् ।
उनले एउटा विधेयकको वकालत गरिरहेका छन्, जसले ९ वर्षसम्मका बालबालिकालाई अपराधिक कार्यमा जेल हाल्ने अनुमति दिन्छ । यसअघि यो उमेर सीमा १५ वर्ष थियो ।
यो विधेयकबाट एउटा अपराधिक पुस्ता ध्वस्त हुने राष्ट्रपति दुतेर्तेको दाबी छ । यस कदमले चार वर्षदेखिका दर्जनौं बालबालिकासहित ८ हजार व्यक्तिको ज्यान जाने गरी भएको कारवाहीलाई अझ घनिभूत बनाउन राष्ट्रपति प्रतिवद्ध रहेको झल्काउँछ ।
गत अपि्रलको एउटा टेलिभिजन बहसमा दुतेर्तेलाई सोधिएको थियो कि यदि तपाईकै छोरा लागूऔषधमा संलग्न रहेको पाउनुभयो भने के गर्नुहुन्छ ?त्यसको जवाफमा उनले भनेका थिए, ‘म उसलाई मारिदिन्छु ।’
बालअधिकार तथा विकास केन्द्रका अनुसार सन् २०१६ को जुलाईदेखि नोभेम्बरसम्म हत्याको लहर चल्दा कम्तिमा २९ बालबालिका भिजिलान्तेले गोली हानेर वा प्रहरीको अपरेसनमा मारिए ।
गत वर्ष लागू औषधमा संलग्न परिवारमाथि कारवाहीका क्रममा फरक घटनामा एक ४ वर्षीया र अर्की पाँच वर्षीया बालिकालाई गोनी हानी मारिएको थियो ।
नयाँ विधेयकमा अपराधको उमेर सीमा घटाउँदा बालबालिकालाई उनीहरुको कार्यप्रति जवाफदेही बनाउने र अपराधीहरुको पुस्तालाई उत्तरदायित्व सिकाउने तर्क गरिएको छ ।
मानवअधिकारवादी समुहहरु यो विधेयकबाट चिन्तित बनेका छन् । यसबाट बालबालिकाहरुलाई हानी पुग्ने र कुनै उपलब्धी हासिल नहुने उनीहरुको भनाइ छ ।
‘बालबालिकालाई कलिलो उमेरमै जेलमा राखेर सजाय दिनुहुँदैन,’ बाल अधिकार तथा विकास केन्द्रका कार्यकारी निर्देशक रोवेना लेगास्पीले भने, ‘यसबाट उनीहरु अपराधिक संस्कृतिमा बाँच्नेछन् । कलिला बालबालिकाहरु हत्या गरेर जेल परेका वयस्कहरुसँगै मिसिनेछन् ।’
राष्ट्रिय प्रहरीका प्रमुखले हालै लागूऔषध माथिको अपरेसनलाई स्थगित गरे तापनि लागूऔषधका आशंकितहरुलाई हत्या गर्ने क्रम रोकिएको छैन । प्रहरीले यसमा भिजिलान्तेहरुलाई दोष दिएको छ ।डेलिमेलको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर