AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एक दर्जन कलेजमा लायन्सको सचेतना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०७३, मंगलवार १६:५४
9
Shares
विराटनगर, १७ फागुन / किशोरी अवस्थामा गर्भाधारण हुँदा हुने जोखिम र त्यसको समस्याको सावधान गर्ने उद्देश्यले  लायन्स क्लव अफ मोरङ विराटनगर र लियो क्लवले विराटनगरको एक दर्जन कलेजमा सचेतना अभियन दिएका छन् ।
‘पहिले गर्भ कहिले २० वर्ष पुग्छ जहिले’ भन्ने मुल नाराको साथ विराटनगरको कलेजमा क्लबले अभियान सुरु गरिएको हो ।
मंगलबार विराटनगरको सिटी कलेजमा अध्ययरत किशोर अवस्थाका विद्यार्थीहरुलाई स्वास्थ्य जनसचेता गराएको लायन्स क्लब अफ विराटनगर मोरङका अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए ।
अभियान अन्तर्गत विराटनगरको शिक्षादिप, अर्किड, कोवास, नेशनल एकेडेमी,  लर्डबुद्ध, सरस्वती, मेरिल्याण्ड, सेन्टजोसेफ कलेजमा अध्ययरनत  विद्यार्थीहरुलाई स्वास्थ्य सचेतनाका बारेमा जानकारी गराइसकेको साहले जानकारी दिए ।
 सचेता अभियानबाट करिब  एक हजार २ सय जना बढी विद्यार्थी स्वास्थ्य जानकारी लिएको बताइएको छ ।
सचेता कार्यक्रमको सहजिकरण लियो क्बलका सदस्यहरुले गरिरहेका छन्  । तीन समूहमा गठन गरि कलेजमा सेचता अभियान सुरु गरिएको छ । लियो क्लवका केशव बस्नेत, निसु आचार्य र मिनल अधिकारीको टोलीले सचेतना कार्यक्रम गरिहेका छन् ।
स्त्री तथा प्रस्तुती विशेषयज्ञ डा. बालकृष्ण साह, ममता श्रेष्ठ, सुर्यनारायण चौधरीहरुले प्रशिक्षण दिएर क्लबका प्रतिनिधिहरुलाई प्लस टुमा जनचेतनाकालागि परिचालन गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर