AArya
RUMPUM
animated ellipse animated ellipse

सुनसरीमा पाँच दलिय गठबन्धनमा सहमती नभए नेकपा एसले एकल उम्मेदवारी दिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ चैत्र २०७८, शनिबार १७:४६
324
Shares
इनरुवा / सुनसरीमा पाँच दलिय गठबन्धनमा रहेको नेकपा एकिकृत समाजवादीले १२ वटा पालिका र १ सय २४ वटा वडामा उम्मेद्धवारी दिने भएको छ ।

आज नेकपा एकिकृत समाजवादी सुनसरीले इनरुवामा पत्रकार भेटघाट कार्यक्रम गरि सत्ता गठबन्धनमा रहेका दलहरुसँग सिट बाँडफाटमा कुरा नमिलेका पालिका तथा वडाहरुमा आफनो पार्टीले सवै दलसँग प्रतिष्पर्धा गर्न उम्मेदवारी दिने जनाएको हो ।

नेकपा एसका सुनसरीका अध्यक्ष गोविन्द निरौलाले पत्रकार भेटघाटमा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका जिल्ला तहका नेतृत्वसँग शुक्रवार गरिएको बैठकमा गठबन्धन निमार्ण गरेर जाने छलफलको सुरुवात भएको बताए ।

अध्यक्ष निरौलाले नेकपा एसले जिल्लाका धरान र इटहरी उपमहानरपालिका, इनरुवा, रामधुनी, दुहवी, बराहक्षेत्र नगरपालिकामा मेयर उपमेयरसहित सवै वडामा उम्मेदवार उठाउने गरि नेता कार्यकर्ताहरुको नाम सिफारिस गर्न चैत २८ गतेसम्म जिल्लामा पठाउन निर्देशन दिएको बताए ।

यसैगरि देवानगञ्ज, बर्जु, हरिनगर, गढी, कोशी र भोक्राहा–नरसिह गाउपालिकामा चैत ३० गतेसम्म सहमती गरि उम्मेदवारहरुको नाम सिफारिस गरि पठाउन सर्कुलर गरिएको अध्यक्ष निरौलाले बताए ।

सहमतीका आधारमा गठबन्धन हुने वडामा गठबन्धनबाट नहुने वडामा एकल रुपमा चुनावमा उम्मेदवारी दिने गरि कार्यकर्ताहरुलाई सर्कुलर गरिएकाले पालिका तथा वडाबाट हुने सहमतीलाई आधार बनाएर चुनावमा भाग लिने अध्यक्ष निरौलाले बताए ।

जिल्लामा सहमती हुन नसकेका वडा तथा पालिकामा तल्लो तहबाट गठबन्धन बनेर आएको अवश्थामा त्यसैलाई सहमती दिने र सहमती नभएको अवश्थामा एकल रुपमा उम्मेदवारी दिने तयारीमा सवै पालिका कमिटीहरु रहेको अध्यक्ष निरौलाले बताए ।

नेकपा समाजवादीले सुनसरीको भोक्राहा–नरसिह, कोशी गाउँपालिकामा काग्रेस बाहेकको गठबन्धन बनाउन पालिका तहमा बैठक छलफल भएकाले जिल्लाबाट सहमती भएको अवश्थामा जिल्लाबाटै गठबन्धन बनाएर चुनावमा भाग लिने तयारी गरेको छ ।

बराहक्षेत्रमा नेपाली काग्रेस, माओवादी केन्द्र र जसपासँग समहती भएका सिट बाडफाँडका आधारमा सहमती गरेर जाने नभएको अवश्थामा गठबन्धनमा मिल्ने अन्य दलहरु बिचमा सहमती गर्ने त्यो नभए एकल रुपमा जाने तयारी भएको जनाइएको छ ।

रामधुनी नगरपालिकामा नेपाली काग्रेस, माओवादी केन्द्र र जसपाका पालिका तहका कमिटी सँग बैठक बसी सिट बाँडफाडको सहमती गर्ने नभएको अवश्थामा एकल रुपमा चुनावमा भाग लिने गरि उम्मेदवारी दिने तयारी गरिएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर