AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

साइनो स्पोर्टिङ क्लब दोस्रो मिल्स गोल्डकपको उपाधि नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०७८, मंगलवार १९:०८
171
Shares
विराटनगर / साइनो स्पोर्टिङ क्लब रानी विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

घरेलु टोली साइनोले गोधुली क्लब धरान सुनसरीलाई ‘सडन डेथ’ मा ९–८ गोल अन्तरले पराजित गरि उपाधि नजिक पुगेको हो । साइनोले फाइनलमा बुधबार गोलबजार प्रतिभा फुटबल क्लब सिरहा र दमक एकेडेमी झापाबीच हुने अन्तिम सेमिफाइनल खेलको विजतेसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

विराटनगरस्थित जुट मिलको खेलमैदानमा आज भएको खेलमा निर्धारित समयसम्म गोलरहित खेल बराबरीमा टुंगिदा खेलको निर्णाय सडन डेथबाट लिइएको थियो ।

सडन डेथमा साइनोका अशोक खवास, कैलाश बस्नेत, दिवाकर चौधरी, निशेन सुब्बा, मिन धिमाल, खमिर गिल्सन, दिनेश राई, भुवन बस्नेत र एन्जल श्रेष्ठले गोल गरेका थिए । निशान लिम्बुको प्रहार पोष्टमा ठोकिएर बाहिरयो ।

धरानका दोर्जे तामाङ सुशिल राई, दिवस सुनवार, मनोज राई, जिवन गुरूङ, मनिष थापा, तपन कार्की र उमेश राईले गोल गरे । मिलन राई र सन्जित राईको प्रहार साइनोका गोलकिपर एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिए । धरानका दुई जना खेलाडीको सशत्त प्रहार उत्कृष्ट बचाउ गरि टिमलाई फाइनल यात्रा सुरिक्षत गराउने साइनका गोलकिपर एन्जल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

निर्धारित समयमा दुवै दुवै टिम आक्रमक खेल पस्किए पनि दुवै टोलीले गोल गर्न असफल रहे । दुवै टिमले थुप्रै गोल गर्ने अवसर खेर फाले ।

निर्धारित समयसम्म धरानका खेलाडीले लगातार प्रहार गरे पनि साइनोका गोलकिपर एन्जलले उत्कृष्ट बचाए । दोस्रो हाफदेखि आक्रमक प्रर्दशन गरेको साइनोका निश्चल लिम्बुले ४५ औं मिनेटमा डिबक्स भित्रबाट ‘बाइसाइकल किक’ धारानका गोलकिपर सृजन राईले उत्कृष्ट बचाउ गरे । ५७ औं मिनेटमा धरान गोल गर्नबाट चुक्यो । भुवन बस्नेतको सशक्त प्रहार पोष्ट माथिबाट बाहिरियो । ६० औं मिनेटमा साइनोका निश्चल लिम्बुले बक्सभित्रबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर