पूर्वाञ्चल खबर
विराटनगरस्थित जुट मिलको खेलमैदानमा आज भएको खेलमा साविक बिजेता एपीएफ पकलीलाई ‘सडन डेथ’ मा पराजित गर्दै गोलबजारले अनितम चारमा पुगेको हो ।
सडन डेथमा गोलबजारसँग एपिएफ ६–५ गोलले पराजित भयो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो । टाइब्रेरकमा पनि दुवै टिमले ५–५ को बराबारी खेलेपछि नतिजा सडन डेथबाट लिएको हो । जितसँगै सिरहाले दोस्रो सेमिफाइनल खेलमा बुधबार दमक एकेडेमी झापासँग प्रतिस्पर्धा गर्नेछ ।
गोलबजारका सनम थापा, आसिब चौधरी, कुलदेव कार्की, विदेशी खेलाडी अली ओला, निश्चल मुक्ताङ र बिनु आले मगरले गोल गरेका थिए । धर्मेन्द्र थारूको प्रहार एपीएफलका गोलरक्षक दिपेन्द्र गिरीले उत्कृष्ट बचाउ गरे ।
एसपीएफका सन्तोष कटुवाल, पदम भट्टराई, बुद्धिमान राई, हिसुब थपलिया र निशन खड्काले गोल गरेका थिए । एपीएफका श्याम मुर्मुको प्रहार पोसमा लागेर बाहिरयो भने सौरभ लिम्बूको प्रहार सिरहाका गोलकिपर निश्चल मुक्ताङले उत्कृष्ट बचाउ गरे । उत्कृष्ट बचाउ गरि टिमलाई सेमिफाइनलको यात्रा सुरक्षित गराउने सिरहाका गोलकिपर निश्चल खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे ।
मंगलबारको पहिलो सेमिफाइनल खेल गोधुली क्लब धरान सुनसरी र साइनो स्पोर्ट्स क्लब विराटनगरबिच प्रतिस्पर्धा हुनेछ ।