AArya
RUMPUM
animated ellipse animated ellipse

खेल्ने सुरमा गुमाए अवोध बालकले प्राण !

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ चैत्र २०७८, आईतवार १८:३६
64.48k
Shares
अनुज सापकोटा
विराटनगर / डिजिटल युगका बालबालिका जिज्ञासु र चञ्चल हुने गरेका छन् । कम उमेरको कारण के काम ठीक र के बेठीक भन्ने बालबालिकाले छुट्याउन सक्दैनन् । उनीहरूको हरेक क्रियाकलाप मनलाग्दी हुने गरेको छ ।

बालबालिकाले गर्ने क्रियाकलापमध्ये कुनै त उसको ज्यानको लागि जोखिमपूर्ण त छैन भनेर सर्तक हुन जरूरी छ । चाहे बालबालिकाले मोबाइल चलाउँदा होस्, साथीभाइको संगत होस् वा खेल खेल्दा होस् तिनीहरूमाथि निगरानी आवश्यक छ । विराटनगरमा एक बालकले खेल्ने गरेको खेलमा उसका आफन्तले खासै चासो नदिँदा अनाहकमा ज्यान गुमाउनु परेको छ ।

विराटनगर–३ स्थित सिभिल मार्ग स्थित घरमा एक बालकले खेल्ने क्रममा ज्यान गुमाउनु परेको छ । कक्षा–३ मा अध्ययनरत सौरव सिन्हा पढाईमा तेज विद्यार्थी थिए । उनी सेन्ट जोसेफ स्कुलमा अध्ययनरत थिए । बुधबार स्कुल छुट्टी भएपछि साथीभाइसँग भोली भेट्ने वाचासँगै घर फर्किए । तर सौरवले कहिले स्कुल नदेख्नेगरी सदाका लागि धर्तीबाट विदा भए ।

घरमा सौरवले ‘किट व्याग’ बनाएका थिए । शरीरको उर्जा बढाउन ‘किट व्याग’मा बालुवा, माटो हालेर हात र खुट्टाले त्यसलाई हिर्काउने गरिन्छ । सौरवले ‘किट व्याग’ मा प्लाष्टिक, कुट, बालुवा हालेर त्यसलाई कसिलो बनाएका थिए र माथिल्लो तल्लामा छत जाने सिढीको रेलिङ्गमा झुण्ड्याएका थिए । उनले त्यो व्यागलाई किताब बोक्ने झोलाको पेटीले झुण्ड्याएका थिए ।

बुधबार साँझसम्म साइकल कुदाएर घर फर्किएपछि ‘किट व्याग’सँग खेल्न सौरव माथिल्लो तल्ला उक्लिए । घरमा उनकी आमा सिल्पा भान्साको काम गर्दै थिइन् भने दाई कस्तुभ कोठामा कक्षा ७ को परीक्षाको लागि अध्ययन गर्दै थिए । माथिल्लो तल्लाबाट घण्टौ नझरेपछि अत्तालिँदै हेर्न जाँदा सिल्पाले पेटीमा झुण्डीएको अवस्थामा सौरवलाई भेटिन् ।

सिटी सफारीमा हालेर कञ्चनबारीको हाम्रो अस्पताल हुँदै अचेत सौरवलाई कोशी अस्पताल पु¥याइयो । तर ढिलो भइसकेको थियो । आवश्यक कानूनी प्रक्रिया र पोष्टमार्टम गरेर शव सौरवका आफन्तलाई जिम्मा लगाइयो । सौरवका पिता सुजित सिन्हाले कलकलाउँदो उमेरको छोरा गुमाउनु पर्दा बज्रपात आइपरेको बताए । बायो मेडिकल कम्पनीका काम गर्ने पिता सुजितले छोरालाई साइक्लिङ्ग र खेलकूद प्रिय लाग्ने गरेको जानकारी गराए । उनले भने,‘ छोरा आपैmले बनाएर झुण्ड्याएको ‘ किट व्याग’ नै उसैको ज्यानको शिकारी बन्यो । ’ खेल्ने क्रममा व्याग झुण्ड्याएको पेटीमा सौरवले टाउको हालेको र अचानक व्याग फन्फनी घुम्दा पेटी बटारीएर घाँटी कसिँदै गएर दुघर्टना घटेको लख् परिवारको छ ।

मलिन मुद्रामा आमा शिल्पाले भनिन्,‘ सिढी चढेको छोराको बेलैमा सोधीखोजी गरेको भए शायद सौरवको ज्यान बच्ने थियो होला । सधैं झैं खेलिरहेको होला भनेर चासो नलिँदा बाबुले छाडेर गयो ।’ सुजित भन्छन्,‘ पीडा हामीलाई परेको छ । कसरी सुनाउँ छोराको मृत्युको कथा ? आगनमा खेलीरहने छोरा आज फोटोमा सिमित भयो, योभन्दा अर्को विडम्बना के हुन सक्छ ?’

वरण्डामा अवोध ८ वर्षीय सौरवको तस्वीर राखिएको छ । आमा बुवालाई सान्त्वना दिन घर पुग्नेहरू सौरवको मुस्कुराएको माला अर्पित फोटो हेरेर भावुक बन्ने गरेका छन् । मरेर गएपनि जस्तोसुकै अवस्थामा बालबालिकाप्रति संवेदनशील बन्नु पर्ने पाठ सौरवले सिकाएका छन् । न्यू सृष्टि दैनिकबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर