AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोइला अभावमा इँटा उद्योगहरू धमाधम बन्द हुन शुरू

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ चैत्र २०७८, मंगलवार १६:३५
459
Shares
अनुज सापकोटा
विराटनगर / देश अहिले संकट नै संकटमा फसेको छ । कुनै क्षेत्र त्यस्तो छैन जो संकटबाट अछुतो होस् । राजनीतिदेखि उद्योगको क्षेत्र र तेलदेखि खाद्यान्नमा संकट अपार छ ।

अहिले कोइलामा त्यस्तै संकट थपिएको छ । नेपालमा कोइलाको हाहाकार मच्चिँदा ईटाँ, सिमेन्ट र छड उद्योग धरासायी हुने अवस्थामा पुगिसकेको छ । अमेरीका र इण्डोनेशियाबाट नेपाल आउने कोइला भारत सरकारले हल्दिया बन्दरगाहमा रोकिँदिँदा नेपालको इँटा, सिमेन्ट र फलामे डण्डी उद्योग त्राहीमाम बनेका छन् । यी उद्योगहरूले बोइलर संचालन गर्न र भट्टी तताउन कोइलाको प्रयोग गर्दै आएका छन् । तर विगत १ हप्तादेखि नेपालमा कोइला भित्रिएको छैन ।

आफ्नै देशमा कोइलाको माग थेग्न नसकेको भन्दै भारतले विगत केहि वर्षदेखि नेपाललाई कोइलाको आपूर्ति रोकेको छ । भारतमा परमाणु भट्टीमा विद्युत उत्पादन गर्न विशाल परिमाणमा कोइलाको खपत हुने गरेको छ । भारतले कोइला दिन छाडेपछि अमेरीका र इण्डोनेसियाको कोइला नेपाल आउने गरेको छ । त्यही कोइलाको खपत नेपालमा हुने गरेको छ ।

अमेरीका र इण्डोनेशियाबाट कोइला मगाउनु पर्दा मूल्यमा समेत अस्वभाविक बढोत्तरी भएको थियो । २५ हजार रूपैयाँमा पाइने १ मेट्रिक टन कोइलाको मूल्य आकाशिएर ४० हजार मेट्रिक टनसम्म पुगेको थियो । हाल कोइला अभावमा मूल्य थेग्नै नसक्ने गरी दिनानुदिन बढीरहेको छ ।

अमेरिकी र इन्डोनेसियाको कोइलालाई नेपाल ल्याउन भारतले रेल उपलब्ध गराउन नमानेपछि नेपालमा विगत १ हप्तादेखि कोइलाको हाहाकार मच्चिएको हो । भारतले युक्रेन–रूस युद्धको कारण मालसामान ढुवानीमा अत्याधिक दवाव बढेको भन्दै कोइलाका लागि रेलको रेक दिन नमानेपछि नेपालमा कोइलाको आपूर्ति ठप्प बनेको हो ।

भारतले विभिन्न बहानामा हल्दियामा आएको २ लाखभन्दा बढी मेट्रिक टन कोइला रोकिदिएपछि नेपालमा कोइलाको हाहाकार मच्चिएको छ । हल्दियाबाट रेलमार्फत कोइला नेपालको वीरगंज सुख्खा बन्दरगाहसम्म आउने गरेको थियो ।

कोइलाले विराटनगर र आसपास उद्योग व्यवसाय संचालन गरेर बस्ने उद्योगी र व्यवसायीलाई समेत तनाव दिएको छ । विराटनगर र आसपासका कतिपय इटादेखि फलामे डण्डीका उद्योगहरू कोइला अभावमा बन्द हुने स्थितिमा पुगेका छन् । कर्सियाका २ इटाँ उद्योग बन्द भइसकेका छन् भने बाँकी इँटा उद्योग कोइलाको स्टक हुञ्जेल संचालन गर्ने र सकिएपछि बन्द गर्ने स्थितिमा पुगेका छन् ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष एवं एवी ईंटा उद्योगका संचालक भीम घिमिरेले न्यू सृष्टि दैनिकसँग कुरा गर्दै भएको थोरबहुत कोइलाको स्टकले ईंटा सिमेन्ट लगायतका उद्योग चलिरहेको बताए । उनले अझै एक हप्ता कोइला नेपाल नभित्रिए ९० प्रतिसत ईंटा उद्योग पूर्ण रूपमा बन्द हुने चेतावनी दिए ।

कोशी अञ्चल ईंटा व्यवसायी संघका निवर्तमान अध्यक्ष महेन्द्र साहले ईटाको सिजनमा कोइला नपाउँदा ईटा व्यवसाय चौपट हुने स्थितिमा पुगेको गुनासो गरे । कोइला अभावमा ईंटा पोल्न नसकिने र बजारमा अभाव हुन सुरू भएको साहको कथन थियो । उनले पोहोरसम्म २५ हजार रूपैयाँ प्रति मेट्रिक टन पाइने कोइला हाल ५० हजार तिर्छु भन्दा पनि पाउन छाडेको जानकारी गराए ।

साहले कोइलाको स्टक सकिँदै गएको भन्दै जतिसम्म चल्छ त्यहि अनुसार चलाउने र कोइला नपाए उद्योग बन्द गर्ने बाहेकको विकल्प नरहेको स्पष्ट पारे । उनले सिरहा र सप्तरीमा केहि ईटा उद्योगहरू बन्द भइसकेको र दुई वटा अझै बन्द हुने स्थितिमा पुगेको साहले गुनासो गरे ।

सरकारसँग १० औं पटक डेलिगेसन जाँदा पनि खासै कुनै सुनुवाई नभएको साहको आक्रोश थियो । उनले आफ्नै दूई वटा इटाभट्टा पनि बन्द हुने स्थितिमा पुगीसकेको बताए । साहले पुरै नेपालमा ५ लाख टनको कोइला खपत हुने गरेको र प्रदेश नं. १ मा १ लाख टन खपत हुने गरेको भएपनि भारतले कोइला आउन नदिँदा यसमा आश्रित उद्योगी र व्यवसायी मारमा पर्दै गएको ठहर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर