पूर्वाञ्चल खबर
५७औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा समता फाउण्डेशनले रिडेफ नेपाल तथा प्रदेश सरकारसँगको सहकार्यमा आयोजना गरेको दलित अधिकार सुनिश्चितताकालागि जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘म दलित हुँ । उ माथिको जात हो । त्यसले जस्तो म काम गर्न सक्दिन भन्ने मानसिकता हटाऔँ, म पनि अरू जत्तिकै काम गर्न सक्छु भनेर लाग्नु प¥यो ।’ उनले भने । दलित समुदाय भित्र पनि निम्न वर्गका मानिसको जीवन स्तर उकास्न लाग्नु पर्ने उनको भनाई छ ।
प्रदेश १ बाट सहभागी महिला जनप्रतिनिधिहरूले आफ्नो ५ वर्षको कार्यकालमा व्यक्तित्व विकासदेखि नेतृत्व विकाससम्मको अनुभव सुनाएका छन् । वडा सदस्य रहेका महिलाहरूले अब पार्टीले जिम्मेवारी दिएमा उपमेयर मेयर कै पनि कार्यभार समाल्न सक्ने क्षमता अभिवृद्धि भएको बताए ।
मन्त्री कार्कीले दलित भएकै कारणले थिचोमिचोमा पर्न नहुनेमा जोड दिए । जनप्रतिनिधिले आफ्ना समुदायका नागरिकको जीवन स्तर उकास्न तर्फ ध्यान दिन उनले निर्देशन दिए । जातीय छुवाछुतकै कारणले कोही थिचो मिचोमा पर्छ भने कानून अनुसार कारबाही हुने उनको भनाई छ । ‘तपाईहरु नेता हो, तपाईहरु सबैको न्याय गर्ने ठाउँमा हुनुहुन्छ । उनले भने,‘सबै जनताले नै तपाइहरूलाई भोट दिएको हुनाले समाज सुधार्ने जिम्मेवारी पुरा गर्नुपर्छ ।’