AArya
RUMPUM
animated ellipse animated ellipse

गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रिय पुरुष हक्की प्रतियोगिता विराटनगरमा हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ चैत्र २०७८, सोमबार १७:४७
198
Shares
पुष्पराज थपलिया
विराटनगर / शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रिय पुरुष हक्की प्रतियोगिता हुने भएको छ ।

नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा चैत ८ गतेदेखि १२ गतेसम्म राष्ट्रिय स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगितका संयोजक रञ्जन थापाले जानकारी दिए । उनका अनुसार तेस्रो संस्करणमा एक विभागीय टोलीसहित ७ वटा टोलीको सहभागिता रहने छ ।

लीगकम नकआउट आधारमा हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रगियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् । ५ दिनसम्म हुने प्रतियोगिता सम्पन्न गर्न करिव २५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर