AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पत्रकार महासंघ झापाद्धारा खोज पत्रकारिता तालिम सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ चैत्र २०७८, आईतवार १७:५३
108
Shares
झापा / नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र मेचीनगर नगरपालिकाको सहयोगमा स्थानीय सरकारका सवालमा दुईदिने खोज पत्रकारिता प्रशिक्षण आजदेखि धुलाबारीमा शुरु भएको छ ।

प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेची उद्योग वाणिज्य संघको कक्षमा आयोजित प्रशिक्षणको उद्घाटन गरेका थिए । आचार्यले पछिल्लो समय पत्रकारहरुको खोज र विज्ञतामा कमी आएको भन्दै विषयहरुले पत्रकार खोजीरहेको तर पत्रकारले विषयवस्तु खोज्न ध्यान नदिएको गुनासो गरे । उनले स्थानीय सरकारका कामको बारेमा खोज पत्रकारिता मार्फत सर्वसाधारणलाई विषय उजागर गर्न आग्रह पनि गरे ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपानेले शुभकामना व्यक्त गरेका थिए ।

महासंघकी उपाध्यक्ष सुशिला संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

प्रशिक्षणमा सहभागी ३५ जना सञ्चारकर्मीलाई खोज पत्रकार तथा सम्पादक मोहन मैनालीले प्रशिक्षण दिइरहेका छन् । कार्यक्रममा मेचीनगर नगरपालिकाका पूर्व उपमेयर समेत रहेका अग्रज पत्रकार भण्डारीले चुरे दोहनदेखि फलफूल तथा तरकारीमा विषादीको प्रयोग लगायतका कयौं विषयमा पत्रकारको ध्यान पुग्न नसकेको बताए । उनले त्यस्ता विषयवस्तुले समाचारमा प्राथमिकता पाउनुपर्ने उल्लेख गरे ।

प्रशिक्षक मैनालीले खोज पत्रकारिता गर्ने विधि र स्थानीय सरकारका सवालहरुको बारेमा प्रशिक्षण दिइरहेका छन् । उनले पत्रकार दृढ इच्छाशक्ति भएको, अध्ययनशील र खोज अनुसन्धान गर्नसक्ने हुनुपर्नेमा जोड दिए । प्रशिक्षक मैनालीले समाचारमा पत्रकार तथा कोही पनि मान्छे बोल्नेभन्दा पनि तथ्य बोल्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर