AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अल्पसंख्यक मैत्री नीति बनाउन जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० फाल्गुन २०७८, सोमबार १६:५०
153
Shares
विराटनगर / यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री नीति निर्माण गरिनुपर्ने एक कार्यक्रममा उनीहरुले बताएका छन् ।

बुल्लु डाइमन सोसाइटी नेपाल मोरङले विराटनगरमा आज सरोकारवालाहरुसँग आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै डाइमन सोसाइटीका सुमन तामाङले यौनिक राज्यले यौनिक तथा अल्पसंख्यकहरुलाई बैवाहिक मान्यता नदिदा हजारौ यौनिक अल्पसंख्यकहरु समस्यामा परेको बताए । ‘बैवाहिक मान्यता नपाउँदा धेरै यौनिक तथा अल्पसंख्यक चाहेर पनि विवाह गरेर बस्न पाएको छैनन,’ उनले भने, ‘बैवाहिक मान्यता नपाउँदा उनीहरु सम्मान पूर्वक बाँच्न पाउने अधिकारीबाट बन्चित हुनुपरेको छ ।’ यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई नागरिकतामा बनाउन पनि समस्या रहेको उनले बताए ।

‘अहिले पुरुष र महिलाहरुको लागि मात्र नागरिकता बनाउने गरेको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको नागरिकता नबन्दा रोजगारबाट बन्चित हुनुपरेको अवस्था छ,’ उनले भने, ‘राज्यले अब पहिचान अनुसारको नागरिता दिनुपर्दछ ।’ यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले नागरिकता नपाउँदा रोजगारीबाट मात्र नभएर अरु थुप्रै सेवा सुविधाहरुबाट बन्चित हुनुपरेको अवस्था रहेको उनले बताए ।

परिवर्तनशिल समाजको कार्यक्रम संयोजक मौसम श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई बैवाकि मान्यता चाडो दिनुपर्ने बताइन् । बैवाहिक मान्यता नपाउँदा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई धर्म सन्तान राख्न पाउनुपर्ने अधिकारबाट पनि बन्चित हुनुपरेको उनले बताइन् । ‘अहिलेको कानुनमा विवाह गरेको पुरुष र महिलाको सन्तान भएन भने मात्र धर्म सन्तान राख्न पाउने व्यवस्था गरेको छ । तर, हाम्रो हकमा यस्तो व्यवस्था छैन । त्यसैले राज्यले हामीलाई विभेद गरेको छ,’ उनले भनिन्, ‘त्यसैले राज्यले बनाउने नीति निमार्ण यौनिक तथा लैङ्गिक अल्पसंख्यक मैत्री बनाउनु पर्दछ ।’

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राखेको कार्यक्रममा राज्यको नियकाहरुले बेवास्था गर्ने गरेको उनले गुनासो गरिन् । राज्ये हाम्रो मागको सुनवाइमा वेवास्था गर्ने गरेको उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर