AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङमा कांग्रेस जिताऔँ अभियान सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ फाल्गुन २०७८, आईतवार १९:१९
243
Shares
विराटनगर / नेपाली कांग्रेस मोरङले आजदेखि जिल्लाभर स्थानीय तह केन्द्रीत चुनावी एक महिने घरदैलो अभियान सुरु गरेको छ । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमा कांग्रेसका नेता तथा कार्यकर्ता जनताका घरदैलो पुग्ने छन् ।

यो अभियानको विराटनगरमा एक कार्यक्रमको आयोजना गरि नेपाली कांग्रेस मोरङले सुभारम्भ गरेको छ । कार्यक्रमका प्रमुख अतिथी कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले सुभारम्भ गरे ।

विराटनगरको स्थानीय आशोक चौकमा आयोजना गरिएको सो कार्यक्रमलाई संम्बोधन गर्दै प्रमुख अतिथी बुढाथोकीले कार्यकर्तामा जागरण आउनुको साथै आम मतादाताको भावना बुझ्न र कांग्रेप्रतिको धारणामा परिर्वतन ल्याउन सकिने ताए । उनले भने, निर्वाचनका लागि माहोल बनाउन कांग्रेस जिताउन अपील गर्ने, वर्तमान सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्ने ।

पूर्व अर्थमन्त्री महेश आचार्यले कांग्रेस यसपटक तंँग्रने प्रयासमा रहेको बताएका छन । उनले एमसीसीबारे विपक्षीले छरेका भ्रमको चिरफार कांग्रेसले मुख्य उद्देश्य राखेको बताए । उनले भने,कांग्रेस र कम्युनिष्ट पार्टीबीचको भिन्नता आम नागरिकलाई बुझाउन अभियानले भूमिका निर्वाह गर्ने छ, ।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित एक महिने अभियानमा कांग्रेसले ८ वटा घोषित उद्देश्य राखेको हो । जसअन्तर्गत निर्वाचनका लागि माहोल बनाउने, कांग्रेस जिताउन अपील गर्ने, वर्तमान सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्ने र नेकपा नेतृत्वको अघिल्लो सरकारका गलत कामको भण्डाफोर गर्ने कार्यक्रम तय भएका छन ।

गत मंसिरमा १४ औं महाधिवेशन गरेयता कांग्रेसले संगठन विस्तार र चुनाव केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । महाधिवेशनको क्रममा तल्लो तहसम्म देखिएको विभाजनको मानसिकता अन्त्य पनि अभियानको उद्देश्यमा राखिएको छ ।

कांग्रेसलाई आगामी चुनावमा विजयी गराउन वडा र टोल तहसम्म पुगेर संगठन सुदृढ गर्ने जिम्मेवारी केन्द्रीय प्रतिनिधिलाई दिइएको हो । मोरङ कांग्रेसका सभापती डिगबहादुर लिम्बुको सभापतीत्वमा सम्पन्न कार्यक्रममा उपसभापती नागेश कोईराला, भक्तीनाथ माझी, सचिव ललित श्रेष्ठ, मोदराज घिमिरे साथै मोरङका ६ वटै क्षेत्रका क्षेत्रीय सभपाती तथा पार्टीका विभिन्न समितिका नेताहरुको सहभागिता थियो ।

कांग्रेस आजै नै मोरङले कांग्रेस जिताउ अभियानको प्रचार प्रसार गर्ने उदेश्यले पत्रकार सम्मेलनको समेत आयोजना सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर