AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर महिला फुटबल टोलीलाई २५ वटा जर्सी सेट उपलब्ध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ फाल्गुन २०७८, आईतवार १८:४३
261
Shares
विराटनगर .  बुढीगंगा गाँउपालिकास्थित नेपाल फ्युल सेन्टरले बन्द प्रशिक्षणमा रहेको विराटनगर महिला फुटबल टोलीलाई २५ वटा जर्सी सेट उपलब्ध भएको छ ।

आज सहिद मैदानमा फ्युल सेन्टर निर्देशक ध्रुव सिग्देलले खेलाडीलाई उत्साहित बनाउनका लागि जर्सी सेट उपलब्ध गराएको जानकारी दिए । जर्सी प्रदान गर्ने क्रममा निर्देशक सिग्देलले महिला खेलाडीलाई उत्साहित बनाउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

चितवनमा हुने राष्ट्रिय महिला लिगको तयारीमा रहेका महिला खेलाडीलाई निर्देशक सिग्देलले २५ वटा जर्सी प्रदान गरेका हुन् । विराटनगर महानगरको टोलीकी कप्तान कल्पना कार्कीले अभ्यासका लागि प्राप्त भएको जर्सी सेटले टोलीलाई सहज अनूभुति गराएको बताइन् । टोली विहान करिब ४ घण्टा नियमित अभ्यासमा जुट्दै आएको बताएकी कप्तान कार्कीका प्रतियोगितामा टोलीले शतप्रतिशत खेल प्रदर्शन गर्ने बताईन् ।

प्रतियोगिताका लागि टोलीको सम्पूर्ण तयारी खर्च महानगरपालिकाले व्यहोरेको छ । होम एन्ड अवेको आधारमा हुने प्रतियोगिताको पहिलो चरणको खेल चितवन र दोस्रो चरणको खेल विराटनगरमा हुनेछ । प्रतियोगितामा महानगरसहित तीन विभागीय टोली, स्याङ्जाको वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर