AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बालिका हत्या आरोपी दिपक गिरीलाई प्रहरीले गर्यो सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ फाल्गुन २०७८, आईतवार १८:५०
3.04k
Shares
विराटनगर / मोरङको लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी १२ वर्षिय करुणा राईको बलत्कारपछि मुख थुनेर ‘क्रूर’ हत्या आरोपीलाई प्रहरीले सार्वजनिक छ ।

मोरङ प्रहरीले आज पत्रकार सम्मेलन गरि बालिका हत्या आरोपमा पक्राउ परेको सोही ठाउँका ६४ वर्षिय दिपक गिरीलाई सार्वजनिक गरेको हो ।

गिरीले गत बुधबार साँझ स्कूलबाट घर फर्किदै गरेकी बालिकालाई बलत्कारपछि पोल खुल्ने डरले हत्या गरेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । बालिकाको हत्या भएको तीन दिनपछि शुक्रबार आरोपीलाई पक्राउ गरको उनले बताए । आरोपी पक्राउ गरिन प्रहरीलाई बालिकाले लगाएको बेल्टको ‘बक्कल’ सहयोग पु¥याएको छ । आरोपी पत्ता लगाउन दशी प्रमाणको रुपमा पहिलोपटक बेल्टका बक्कल फेला परेको जिल्ला एसपी जिसीले बताए ।

‘बिद्यालयबाट घर फर्कदै गरेकी बालिकालाई एक्लै हिडेको देखेपछि गिरीले पछ्याउँदै गएका थिए । जंगलको बिचमा पुगेपछि बालिकालाई फकाई फुल्याई गरी जंगल बिच भित्रको बाटोबाट जाँदा छोटो पर्छ यताबाट जाँउ भनेर लगेका थिए । केही पर पुगेपछि अभियुक्त गिरीले बालिकालाई शारीरिक सम्पर्कको लागि प्रस्ताव राखेका थिए । तत्काल ती बालिकाले अस्वीकार गरे पश्चात गिरीले बालिकालाई भुईमा लडाई जवरजस्ती करणी गरेका थिए ।

बालीकाले करणी गरेको कुरा आफ्नो बुवालाई भनिदिन्छु भन्दै दौडिएकी करुणालाई गिरीले बलत्कारको पोल खुल्ने डरले घाँटी थिच्दै मुख थुनेर हत्या गरेको देखिएको छ,’ मोरङ प्रहरी प्रमुख जिसीले भने, ‘हत्या गरेपछि सोही स्थान नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी ढुंगाले छोपेको फालेका थिए ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर