AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बाबुराम भट्टराईको हत्या आरोपमा १ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७८, आईतवार १८:००
378
Shares
विराटनगर / मोरङको केरावारी गाउँपालिका–८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ बर्षीय बाबुराम भट्टराईको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

भट्टराईको हत्या आरोपमा केरावारी गाउँपालिका–३ का ३५ बर्षीय कमल लिम्बु पक्राउ परेका छन्् । लिम्बु पक्राउ परे संगै भट्टराईको हत्य भएको खूल्न आएको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो ।

शव फेला परेको जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सुक्ष्म रुपमा गहन अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा भट्टराई पौष २७ गते देखि नै बेपत्ता भएको र पौष २८ गते लिम्बुसंग बादबिबाद भएको र लिम्बुले फलामको रड प्रयोग गरी भट्टराईको हत्या गरेको खल्न आएको थियो ।

हत्या भएको घटनालाई ढाकछोप गर्न खाल्डो खनेर गाडेको भन्ने खूल्न आए संगै लिम्बुलाई पक्राउ गरेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर