AArya
RUMPUM
animated ellipse animated ellipse

एमपिएल क्रिकेटको लोगो तथा गित सार्वजनिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ फाल्गुन २०७८, आईतवार १७:३७
369
Shares
विराटनगर / विराटनगरमा बुधबार देखि शुरु हुने नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेटको लोगो तथा गित सार्वजनिक भएको छ ।

नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा हुने एमपिएलको लोगो तथा गित शनिबार राती विराटनगरमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । कुञ्ज सारडाले लेदखेको गितलाई गायक सुरज बानियाँले गाएका छन् भने द स्मृति बाण्डका दिपेन थापाले संगित दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल अग्रवाल यूवा मञ्च विराटनगर पूर्व अध्यक्ष राजकुमार अग्रवाल, आयोजक समितिका अध्यक्ष अभिषेक केडिया, खेल संयोजक हेमन्थ अग्रवाल, जतिन राठी, पवन सुराना कुञ्ज सारडा र नेपाल अग्रवाल यूवा मञ्च विराटनगरका अध्यक्ष प्रदिप अग्रवाललगायतले शुभकामना ब्याक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर