AArya
RUMPUM
animated ellipse animated ellipse

छोराको स्मृतिमा उत्कृष्ठ प्रहरी पुरस्कार” पाँच लाख धनराशीको अक्षयकोष स्थापना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०७८, बुधबार १७:०७
1.32k
Shares
विराटनगर / सवारी दुर्घटनामा परी दिवंगत भएका छोराको स्मृतिमा उत्कृष्ठ प्रहरी पुरस्कार” कोषको स्थापना गरेका छन् ।

विराटनगर महानगरपालिका वडा न. ३ का अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापा (गोदार) र उनकी धर्मपत्नी विमला थापा तथा छोरी बेनिजा थापाद्वारा दिवंगत भएका छोरा विप्लव थापा (गोदार)को स्मृतिमा ५ लाख रुपैया बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज थापा परिवारले उक्त कोषको रकम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीलाई हस्तान्तरण गरेका छन् । उक्त पुरस्कार १ नं प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी जवान देखि वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जा सम्मको १ जना प्रहरी कर्मचारीलाई प्रत्येक बर्ष नगद पच्चिस हजारसहित प्रशंसापत्रद्वारा सम्मान प्रदान गरिने छ ।

यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाखको अक्षकोष स्थापना गरी २०७९ सालको असोज मसान्तमा मनाउने ६७ औं प्रहरी दिवसबाट विप्लव थापा स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार”को सुरुवात गरिने गरी सम्झौता भएको कोषका संस्थापकले थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर