पूर्वाञ्चल खबर
प्रतिनिधिसभाको बैठकपछि आज पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले एमसीसी नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको महत्वूपूर्ण विषय भएकाले संसदमा छलफल हुनुपर्ने बताएका हन् ।
‘यत्रो महत्वपूर्ण राष्ट्रिय विषयमा नेपाली जनताबाट निर्वाचित हामी जनप्रतिनिधिले एमसीसीका ती दफाहरु राख्न त पाउनुर्पयो नि, जनताले संसदमार्फत थाहा पाउनुर्पयो नि’ उनले भने ।
नेता रावलले कतै संसद अवरोधको नाममा होहल्लाभित्र एमसीसी पारित गर्ने षड्यन्त्र त भएको छैन भनेर आफूले विगतमा पनि प्रश्न उठाएको बताए । हाल रावलकै दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ । उनले संसद अवरोधकै बीच सरकारले ल्याएका कतिपय प्रस्ताव पारित गर्ने तर महत्वपूर्ण विषयमा छलफल नगरी पारित गर्ने षड्यन्त्र भएको बताए ।
एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै नेता रावलले आफूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिए ।
‘मैले भनेको कुरा यो दफामा छैन भन्न कसैले सक्नुभएको छ रु शेरबहादुरजीले भन्न सक्नुभएको छ, उहाँका प्रवक्ता र महाप्रवक्ताले भन्न सक्नुभएको छ ?’ उनले भने ।