AArya
RUMPUM
animated ellipse animated ellipse

कमल थापाको स्वागतमा पुगेका राप्रपा जिल्ला अध्यक्ष सकसमा÷ जिल्ला सदस्यहरु प्रस्टीकरणको माग गर्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ फाल्गुन २०७८, आईतवार १७:०५
819
Shares
विराटनगर / तत्कालिन अध्यक्ष कमल थापालाई स्वागत गर्न गएको विषयलाई लिएर राप्रपा मोरङमा असन्तुष्टि बढेको छ।

शनिबार थापालाई स्वागत गर्न पार्टीका मोरङ अध्यक्ष माधव आचार्य आफै पुगेपछि जिल्लाका पदाधिकारीमा असन्तुष्टि बढेको हो । पार्टीका पूर्व केन्द्रीय पदाधिकारी नरेश राईले पूर्व अध्यक्ष थापासंग अध्यक्ष आचार्यको भेट हुनलाई आश्चर्य रुपमा लिएको बताउँछन् । फेसबुकमा स्टाटस राख्दै उनले भेटबाट अध्यक्ष आचार्यलाई राप्रपामा बस्ने अधिकार नभएको र कार्वाहीको भागिदार हुनुपर्ने उल्लेख गरेका छन् । त्यसैगरि, पार्टी त्यागेर बाहिरिएकालाई विमानस्थल पुगेर स्वागत गर्नुले जिल्ला अध्यक्षले आफ्नो गरिमा राख्न नसकेको जिल्ला सदस्य देवेन्द्र राईले बताए । हिन्दुत्व, राजावादीको विषयलाई त्यागेर हिडेको ब्यक्तिको स्वागतमा पुग्नुले अध्यक्ष आचार्यले जिल्ला बैठक राखेर प्रस्ट धारणा राख्नुपर्ने राईले बताए।

जिल्ला अध्यक्ष आचार्य आइतबार कमल थापा र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन दुवैको स्वागतमा विमानस्थल पुगेका थिए । राप्रपाका कार्य सम्पादन समितिका पूर्व सदस्य विश्वबन्धु थापा राजनीतिक रुपमा पूर्व अध्यक्षको स्वागतमा जान नमिल्ने तर्क गर्छन् । उनले भने, ‘यसविषयमा अध्यक्ष आचार्यले जिल्ला कमिटिलाई कस्तो जवाफ दिने र केन्द्रले यस विषयमा कस्तो धारणा बनाउनेछ हेर्न बाँकी रहेको छ । साथीहरुमा अन्यौलको अवस्था देखिएको छ । अध्यक्षले जवाफ दिनुपर्छ।’

उनले जिल्लाको जिम्मेवार पदमा आसिन र ब्यक्तित्वले यसप्रकारको कुरामा विचार पुराउन नसक्नु कमजोरी भएको बताए । अर्कोतर्फ, जिल्ला अध्यक्ष आचार्यले भने कमल थापाको भेटलाई ब्यक्तिगत भएको बताएका छन् । उनले भने, ‘पूर्व अध्यक्षलाई ब्यक्तिगत रुपमा भेटेको हुँ । तर, अब उप्रान्त यसरी जानेपनि छैन । हामी राष्ट्रवादी र राजाको एजेण्डा लिएर अघि बढेको पार्टी भएको हुदाँ साथीहरुले कुरा बुझ्नु हुने विश्वास लिएको छ्ु । ’

त्यसैगरि, अर्का सदस्य संजीव अधिकारी, नाभी हुसैनलगायतले अध्यक्ष आचार्यले जिल्लालाई भेटबारे प्रस्टाउनुपर्नेमा जोड दिए । कमल थापाले पार्टीभित्रको असहमतिलाई सार्वजनिक गर्दै नयाँ पार्टी गठन गर्ने घोषणा गरिसकेका छन् । यसक्रममा जिल्ला अध्यक्षको भेटले नयाँ संरचना तयार हुने संकेत पनि देखिएको जिल्ला सदस्यहरुको बुझाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर