AArya
RUMPUM
animated ellipse animated ellipse

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ माघ २०७८, मंगलवार १४:१०
279
Shares
फाइल तस्वीर
हेटौंडा /राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी त्यागको घोषणा गरेका छन् । थापाले आज गृह जिल्ला मकवानपुर पुगेका पार्टी छाडेको घोषणा गरेका हन् ।

पत्रकारहरुसँग कुरा गर्दै थापाले भनेका छन। ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु ।’

थापाले मंगलबार नै एक विज्ञप्ति जारी गरी पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताएका छन् ।

उनले अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमा रमाउने उत्कट चाहना पुरा गर्न नपाएको दुस्ख व्यक्त गरेका छन् ।

गत मंसिरमा भएको पार्टी महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको दावी गरेका थिए र त्यसको छानबिन गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर