AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोइरालाद्वारा लिखित ‘पूर्वेली साहित्यकारहरुको परिचय’ सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ माघ २०७८, सोमबार १८:१३
207
Shares
विराटनगर / साहित्यकार कृष्णराज कोइरालाद्वारा लिखित पूर्वेली साहित्यकारहरुको परिचय’ नामक पुस्तक सोमबार विमोचन गरिएको छ ।

जनजागृतिका कवि धरणीधर कोइरालाको १३० औं जन्मजन्यतीको अवसर पारेर विराटनगरस्थित धरणीधर कोइराला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो ।

पुस्तकको वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, साहित्यकार हरि कट्टेल, लेखक कृष्णराज कोइराला, कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार हरिप्रसाद बराल, साहित्यकार सरला चापागाईं, सञ्चारकर्मी माधव अधिकारी, वडा प्रहरी कार्यालय बखरीका प्रमुख भुवन श्रेष्ठ, समाजसेवी विजय ठाकुरलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।

धरणीधर पुरस्कार प्रतिष्ठानले प्रकाशित गरेको पुस्तकमा कृष्णप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, बालकृष्ण पोखरेल, कृष्णभूषण बल, दधिराज सुवेदीलगायत करिब ४० जना साहित्यकारहरुको परिचय समावेश गरिएको छ । सोही अवसरमा कवि धरणीधर कोइरालाको शालिकमा माल्यार्पणसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर