AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ का मुख्यमन्त्री राईलाई एमाले विद्यार्थी संगठनले देखाए कालो झण्डा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० माघ २०७८, बिहीबार १७:४८
1.57k
Shares
विराटनगर / प्रदेश १ मा भागबण्डाकै लागि मन्त्रालय विस्तार गरेको विरोधमा मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आज कालो झण्डा देखाएको छ ।

मुख्यमन्त्री राईलाई काठमाडौंदेखि विराटनगर आउने क्रममा कालो झण्डा देखाएका हुन् । ठूलो संख्यामा परिचालित प्रहरीले उनीहरूलाई कालो झण्डा देखाउन रोकेका थिए । तर, मुख्यमन्त्री राईको गाडी क्रस गरिसकेपछि विद्यार्थीहरूले कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए ।

प्रदेश १ मा मन्त्रीहरू थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको विरोध र स्थानीय तहको निर्वाचनमा समयमै गर्न अविलम्ब मिति तोकिनुपर्ने भन्दै केन्द्र र प्रदेशका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कामर्यक्रम अघि सारिएको अनेरास्ववियुका विद्यार्थीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर