पूर्वाञ्चल खबर
अवैध रुपमा भित्र्याउँदै गरेको एकलाख ६५ हजार मूल्य बराबरको सामान सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) दरैयाँले १ सय १० थान काचको थाल, ६ थान पितलको भाडा, ३ केजी घण्टि, ५८ केजी स्टिलको काटा र तीन थान हर्केश गरि १ लाख मुल्य बरावरको भन्सार छली गरि ल्याएको अवैध सामान बरामद गरेको छ ।
यस्तै सशस्त्र प्रहरीले ६५ हजार मुल्य बराबरको लत्ताकपडा बरामद गरेको छ । बरामद गरेको भाडावर्तन र लत्ताकपडा सशस्त्र प्रहरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ