AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ब्राउन सुगर सहित एक जना महिला फिदिमबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ माघ २०७८, शुक्रबार १५:१७
225
Shares
फिदिम / पाँचथरको फिदिम नगरपालिका १ स्थितबाट ८ ग्राम प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना महिलालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका १ कि ३२ बर्षीया देवी लकान्द्री रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लकान्द्रीको कोठा चेक जाँच गर्ने क्रममा डिजिटल तराजु १ थान र उनले लगाएको सुरुवालमा लुकाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ८ ग्राम बरामद गरेको हो ।

ब्राउन सुगर सहित पक्राउ परेकी लकान्द्रीको बारे जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर