पूर्वाञ्चल खबर

विद्यालय पूर्वनिर्धारित परीक्षा भने शुक्रबारसम्म सञ्चालन गर्न पाउने महानगरपालिकाले बताएको छ । विद्यालयको बर्से र हिउँदे बिदामा कटौती हुने गरी माघ १५ गतेसम्मका लागि बिदा दिन सूचना जारी गरेको छ ।
शुक्रबारसम्मका पूर्वनिर्धारित परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न महानगरले निर्देशन दिएको छ । सङ्घीय सरकारले पुस २६ गतेबाट विद्यालय बन्द गर्न निर्देशन दिए पनि विराटनगरका विद्यालय सञ्चालन भइरहेका छन् ।