AArya
RUMPUM
animated ellipse animated ellipse

हिसान क्रिकेटमा सगरमाथा र अरनिको विजयी हुँदै अन्तिम आठमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ पुष २०७८, सोमबार १६:३२
2.85k
Shares
पुष्पराज थपलिया
विराटनगर । विराटनगरमा जारी हिसान क्रिकेट प्रतियोगितामा सगरमाथा कलेज र अरनिको कलेज विजयी भएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजनामा विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज भएकोे खेलमा सगरमाथा कलेज र अरनिको कलेज विजयी भई अन्तिम आठमा प्रवेश छन् ।

पहिलो खेलमा सगरमाथाले भानु कलेजलाई ३ रनको झिनो रन अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेको सगरमाथाले निर्धारित १३ ओभरमा ४ विकेट गुमाई ८३ रनको स्कोर खडा गरेको थियो । जस्मा चन्द्रशेखर कामतले २५ रन बनाउँदा केदार कामतले पनि २५ रनको योगदान दिएका थिए । भानुका चन्द्र कार्कीले १ विकेट लिए ।

जवाफमा ८४ रनको चुनौती पछ्याएको भानुले निर्धारित पुरै ओभर खेल्दै ५ विकेट नोक्सानीमा ८० रन मात्र जोड्न सक्यो । जस्मा कमर जामिलले ३२ रन बनाउँदा महमद नियाज अंसा।ीले १३ रनको योगदान दिए । सगरमाथाका चन्द्रशेखर कामतले सर्वाधिक २ विकेट लिए । खेलको म्यान अफ द म्याच सगरमाथाका अलराउण्डर खेलाडि चन्द्रशेखर कामत घोषित भए ।

दोस्रो खेलमा अरनिको कलेजले विकेभिएम कलेजलाई १० विकेटले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको विकेभिएमले निर्धारित २० ओभरको खेलमा १८ दशमलव १ बलमा सवै विकेट गुमाई ८९ रनको सामान्य स्कोर खडा गरेको थियो । जस्मा सुजल भट्टराईले सर्वाधिक अविजित २४ रनको योगदान दिए । अरनिकोका अविशेक बरालले ३ विकेट लिँदा दिपुकुमार स्र्वकारले २ विकेट लिए ।

जवाफमा ९० रनको सामान्य लक्ष्य पछ्याएको अरनिकोले ९ दशमलव १ बलमा विना क्षति सो विजय लक्ष्य पार गरेको थियो । जस्मा अंकित मण्डलले अविजित ३८ रन बनाउँदा दिपुकुमार स्र्वणकारले अविजित १९ रनको योगदान दिए । अरनिकोका अलराउण्डर खेलाडि म्यान अफ द म्याच दिपुकुमार स्र्वणकार घोषित भए ।

मंगलबारको पहिलो खेल कान्तिपुर कलेज र शिक्षादिप कलेज र दोस्रो खेल अरनिको कलेज र लर्डबुद्ध कलेजविच प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर