AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

टेकबहादुरको ह्याट्रिकले ए डिभिजन लिग फुटबलको उपाधि मोतीरामलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७८, शनिबार १८:२०
315
Shares
विराटनगर / विराटनगरको मोतीराम स्पोर्टिङ क्लबले जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा मोतीरामले उर्लाबारी स्पोर्टिङ क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै लिग विजेता बनेको हो । मोतीरामका टेकबहादुर लिम्बूले ह्याट्रिक गोल गर्दै टोलीलाई विजयी बनाए ।

खेलको १८ औं मिनेटमा मोतीरामका टेकबहादुर लिम्बूले गोल गर्दै अग्रता दिलाए । ४१ औं मिनेटमा पुनः लिम्बूले गोल संख्या दोब्बर पारे । ४५ औं मिनेटमा उर्लाबारीका लागि सौरज राउतले गोल फर्काए । ७० औं मिनेटमा मोतीरामका लागि फेरी लिम्बूले गोल गर्दै जित निकाले । खेलको म्यान अफ द म्याच टेकबहादुर लिम्बूले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता मोतीरामले नगद ५० हजार रुपैयाँ र उपविजेता उर्लाबारीले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, पूर्व वरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँ, एन्फाका पूर्व सहमहासचिव वसन्त अर्याल, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल र खेल संयोज धनबहादुर लामालगायतले पुरस्कार वितरण गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर