पूर्वाञ्चल खबर
बैंकले कोरोना महामारीको रोकथामकालागि हात धुनु पर्ने कार्यको निमित्त सम्पन्न बस्ती महानगर आवस परियोजनाको लागि २ थान ५०० लिटरको क्षमता भएको धारा समेत रहेकोे पानी टयाङ्कीहरु हस्तान्तरण गरेको हो ।
उक्त सहयोगले सोही आवास परियोजना अन्तरगत निमार्ण हुँदै गरेका १४७ वटा नँया घरमा बस्ने मुसहर समुदयलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । यस आवास परियोजनामा घर निमार्णको कार्य साहरा नेपाल र विराटनगर महानगरपालिकाको सहकार्यमा भइरहेको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएमबाट निशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था रहेको हो ।