AArya
RUMPUM
animated ellipse animated ellipse

अरनिको कलेजको वक्तृत्वकलामा प्रविण भए प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०७८, शुक्रबार १९:१७
3
Shares
विराटनगर / विराटनगरस्थित अरनिको कलेजले आयोजना गरेको वक्तृत्वकलामा कक्षा १२ का छात्र प्रविण सापकोटा प्रथम भएका छन् ।

आज क्याम्पस प्राङ्गणमा आयोजित कार्यक्रममा दुई दर्जन प्रतिस्पर्धीलाई उछिन्दै सापकोटा प्रथम भएका हुन् । विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुट गराउने उद्देश्यले आयोजित प्रतियोगितामा कक्षा १२ कै स्निग्धा कोइरालाले द्वितीय स्थान प्राप्त गर्दा ओल्सन कार्की र उन्नति पौडेलले तृतीय स्थान हासिल गरेका छन् । उनीहरू दुवैजना कक्षा ११ मा अध्ययनरत छन् । त्यस्तै ११ कक्षामै अध्ययनरत रोशनी यादवले प्रतियोगितामा सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् ।

विजयी विद्यार्थीलाई प्रतियोगिताका निर्णायकसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार सविता गौतम दाहाल, कलेजका प्रिन्सिपल राजेश कार्की, निर्देशक निलम अधिकारी, शिक्षकहरू विमल भट्टराई, सरन गौतम, सर्वागी भट्टराई, सुरज कोइरालालगायतले अविरलगाएर पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

‘शैक्षिक क्षेत्रमा कोभिड–१९ को प्रभाव’ विषयमा आयोजित प्रतियोगितामा २४ जना विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यार्थीले हिसान मोरङले आयोजना गर्ने जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा भाग लिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर