पूर्वाञ्चल खबर
निमार्ण यूनिटले काठमाण्डौको मल्टिफिलेक्स देखी देशभरीको हलहरुमा एकसाथ प्रदर्शनी हुने जानकारी गराएको हो ।
अरुण प्रधानले निर्देशन गरेकोे चलचित्रमा पूर्वका कलाकारहरुको बहुलेता रहेको छ । पूर्वको पर्यटकिय स्थलमा छायाँकन गरिएको चलचित्रलाई निर्देशक प्रधानले अहिले यूवा पुस्ताले गर्ने माया प्रेमको कथालाई सरल ढङ्गले उतार्न सफल भएका छन ।
चलचत्रिको नायकमा जतिन ताम्राकार रहेका छन् भने नायिकामा रेश्मा घिमिरे रहेकी छिन् । नेपाली चलचित्रमा उनीहरुले यो साइनो माया कोबाट डेब्यू गरेका हुन ।
मोफसलमा रहि कलाकारिता क्षेत्रमा आफ्नो कर्म थलो बनाएका नयाँ अनुहारको कलाकारहरुलाई स्थान दिएको चलचित्रमा उनीहरुले गरेको अभिनयलाई तारिफ गर्ने योग्य रहेको देखिन्छ ।
मन्जिना मुभिजको ब्यानरमा निमार्ण भएको चलचित्र पठ्कथा सम्बाद पनि निर्देशक प्रधानले गरेका हुन । चलचित्रको अन्य कलाकारहरुमा नबनिताराज प्रधान, राजु भुजेल, किशोर भण्डारी, सुनिता ठाकुर, मनोज खतिवडा, दिवस सुवेदी, बिशाल श्रेष्ठ, उमा कार्की, गौरब खतिवडा रहेका छन् ।
चलचत्रिको संगीत कुन्दन थापा र बिकेस केशंकरले दिएका छन् भने शिव परिया, मनिषा पोखरेल, कोसिश क्षेत्री, मेलिना राई, बिकेश के शंकर, ज्योती सुब्बाले स्वर दिएका छन् ।
पुर्वको पर्यटकीय क्षेत्र धरान, धनकुटा, विराटनगरलगायतको विभिन्न स्थानमा छायाँकन गरिएको चलचित्रको लगानि करिब ६५ लाख रुपैयाँ खर्च भएको निमार्ण यूनिटले जनाएको छ ।