AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रतिवन्धित लागुऔषध खैरो हिरोईनसहित २ जना विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०७८, शुक्रबार १६:१४
369
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा प्रतिवन्धित लागुऔषध खैरो हिरोईनसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उप महानगरपालिका-९ का २२ बर्षिय निशान चौधरी र इटहरी-१२ का २८ बर्षिय दिवश तामाङ रहेका छन ।

गए राती ९ बजे विराटनगर १४ जतुवामा सिआरभिको टोलीले प्रदेश १-०२-०४६ प ११८७ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटर साईकल पछाडि सवार रहेका चौधरीले ज्याकेटको गोजीमा लुकाई राखेको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोईन फेला परेको हो ।

खैरो हिरोईन फेला परे सगै मोटर साईकल चालक दिवशतामाङ सहित दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर