खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा इलामा नगरपालिका ८ का २० वर्षिय सागर राई, खोटाङ जन्तेढुगंगा गाउँपालिका २४ वर्षिय विशाला राई र विराटनगर ५ का १९ वर्षिय मोहमद सेराजलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनीहरुले उपचार गर्न आएका विरामीलाई आफ्नो सम्र्पकमा रहेको अस्पताल, क्लिनिकमा राम्रो उपचार हुने भन्दै विरामीलाई दुःख दिएको आरोपमा पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए ।
प्रहरीले यसअघि विराटनगरदेखि एक दर्जन बढी बिचौलियाको भुमिका खेलेको आरोपमा पक्राउ गरि कारवाहीको दायारमा ल्याइसकेको छ ।