AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन मोरङको सपथ ग्रहण तथा पदस्थापन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ पुष २०७८, बुधबार १९:१६
234
Shares
विराटनगर / निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको हालै निर्वाचित नयाँ कार्यसमितिको आज साँझ सपथ ग्रहण तथा पदस्थापन गरिएको छ ।

प्रमुख निर्वाचन अधिकृत बालकृष्ण आचार्यले नव निर्वाचित अध्यक्ष सीतला सुब्बासहितका पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पदस्थापन तथा सपथ ग्रहण गराएका हुन् ।

नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र कार्यक्रममको प्रमुख अतिथि प्याब्सनको केन्द्रीय अध्यक्ष टिकाराम पुरीले वितरण गरे । सपथ ग्रहणपछि कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सीतला सुब्बाले विद्यालयहरूको संस्थागत विकास र हकहितमा सधै क्रियाशिल भएर लागि पर्ने बताइन् ।

शनिबार सम्पन्न भएको प्याब्सनको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रेमलाल सिंह सुवाल, उपाध्यक्षमा भक्तराज सुब्बा, सुरेन्द्र सुवेदी, सचिवमा जगतबहादुर बस्नेत, कोषाध्यक्षमा विष्णु डंगोल, सह–सचिवमा मनोज रेग्मी, विकर्ण कार्की, सह–कोषाध्यक्षमा भुपाल बस्नेत निर्वाचित भएका छन् । खुल्ला सदस्यहरुमा रुद्र थापा, दिपकप्रसाद घिमिरे, कमलप्रसाद तिम्सिना, भोलानाथ पाण्डे, कसराज राजवंशी, रियन्द्रबहादुर थापा, अमित खड्का, राजु तिम्सिना, छविलाल बास्कोटा, जिवन खनाल, सिएम श्रेष्ठ, सिताराम विक, तेज बहादुर खत्री, अर्जुन ढाकाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर